म एउटा कुरा स्पष्ट पार्न चाहन्छु, मेरो रगतमा काङ्ग्रेस छ : नेता जोशी

म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु । म जन्मदै काङ्ग्रेस हूँ । मेरो रगतमा काङ्ग्रेस छ । मेरो पिता पद्मराज जोशी २०१८ सालमा काङ्ग्रेसको नाममा लमजुङ कुन्छाथाना हुँदै पोखरा जेलमा प्रजातन्त्रको लागि लडिरहँदा रामचन्द्र पौडेल पोखरा संस्कृत पाठशालाबाट वामपन्थी विद्यार्थीहरूको प्रतिनिधि बनी काठमाण्डौको विद्यार्थी सम्मेलनमा आएको कुरा श्रीभद्र शर्माको १३ आं शोकसभामा नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा स्वयं रामचन्द्र पौडेलले व्यक्त गरेका हुन् । त्यसको रेकर्ड पार्टी कार्यालयमा छँदै छ होला ।

वामपन्थीहरूको त्यो सम्मेलनले के निर्णय ग¥यो होला सहजै अनुमान गर्न सकिन्छ । त्यसैले तनहूँ मा विवाद समानान्तर समितिको होइन विवाद व्याईते  (Orginal Congress )  काङ्ग्रेस र ल्याइते ( Duplicate Congress ) काङ्ग्रेसको बीचको हो । तनहूँ जिल्लाको हाम्रो झगडा सक्कली र नक्कली काङ्ग्रेसको हो । बीपी कोइरालाको सशस्त्र सङ्घर्षको बेला तनहूँमा रामचन्द्र पौडेलको कुनै भूमिका थिएन । हतियार कहाँ थिए, कोसँग थिए ? सशस्त्र क्रान्तिको के तयारी थियो अहिले पनि उनलाई सोध्दा हुन्छ उनलाई थाहा छैन । बीपी कोइराला नेपाल आएपछि तनहूँँमा नेपाली काङ्ग्रेस गठन गर्ने जिम्म्ेवारी मैले नै लिएको थिएँ । मैले नै बूढो मानिस, योगदान पनि भएका कारण गोवर्धन शर्मालाई अध्यक्ष बनाई म सचिव रही १० जनाको जिल्ला कार्यसमिति गठन गरेको हुँ । त्यो समितिमा पनि रामचन्द्र पौडेल थिएनन् ।

पछि २०३५ सालमा गोरखपुरमा गिरिजाप्रसाद कोइरालाले बोलाई यिनलाई पनि जिल्ला कार्य समितिको सदस्य बनाउन भनेपछि उनी जिल्ला कार्य समितिको सदस्य बनेका हुन् । म केन्द्रीय समितिको सहमहामन्त्री हुँदा उनी केन्द्रीय सदस्य मात्र थिए । मेरो समग्र परिवार काङ्ग्रेसको नाममा होमिएको हो । मेरो पिता पद्मराज जोशी २०१८ सालमा जेल पर्नुभएको हो । मेरो छोरा दिपकराज जाशी २०३८ सालमा नेपाल विद्यार्थी सङ्घ तनहूँमा जिल्ला कार्य समिसितको सदस्य हुँदा प्रहरी हिरासतमा परेको र ०४६ सालको जनआन्दोलनमा पनि दमौलीमा हिरासत रहेको थियो । कान्छो छोरा दिनेशराज जोशी पनि ०४६ सालको जनआन्दोलनमा पहिला काठमाण्डौ र पछि तनहूँँमा हिरासतमा रहेका थियो । छोरी रमा जोशी ०४२ सालको सत्याग्रहमा दमौलीमा गिरफ्तार भएकी थिइन् । मेरो श्रीमती हिमकुमारी जोशीले लामो समयदेखि दमौलीमा पार्टीका कार्यकर्ताहरूलाई निरन्तर सहयोगीको भूमिका निर्वाह गरेकी थिइन् । रामचन्द्र पौडेल दमौलीमा आउँदा झोला बिसाएर मोही, मकै र चिया खाने मेरो घर थियो । अहिले उनी अरवपति भए । त्यसोभन्दा उनलाई होच्याएको भनी अपमान होला । यथार्थ कुरा त्यही हो । उनी मात्र होइन तनहूँँमा हाम्रा नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, सी.के. प्रसाई आदि सबै नेता–कार्यकर्ताहरू जाँदा पनि बस्ने घर मेरै थियो । बीपी कोइराला तनहूँँ जाँदा मेरो भूमिकाको बारेमा मैले भनिरहन नपर्ला त्यही कारण त्यसको लगत्तै म पोखरा जेलमा बस्नुप¥यो ।

२०३७ साल वैशाख १ गते राजनैतिक दलका नेताहरूलाई आम माफी दिंदा म जेलबाट छुटें । पञ्चायतका कठिन दिनमा काङ्ग्रेसका नेताहरूलाई बास दिने कुरा सहज थिएन । त्यसकारण म दावाका साथ भन्दछु तनहूँमा नेपाली काङ्ग्रेसको संगठन निर्माणमा रामचन्द्र पौडेलको भन्दा मेरो योगदान बढी छ । त्यसकारण राजनीतिको सबै मर्यादा तोडेर ७० को चुनावमा पनि तनहूँँको टिकट आफै वाड्छु भनी रामचन्द्र पौडेलले तनहूँँको क्षेत्र नं. १ को टिकट बिक्री गरेकै हुन् । स्थानीय निकायको निर्वाचनमा पनि एकलौटी गरेकै हुन् । तनहूँ काङ्ग्रेसको निर्माणमा धेरै मानिसको पसिना बगेको छ । कसैले एकलौटी गर्न खोज्दा त्यसको धेरै ठूलो मूल्य चुकाउनुपर्दछ । यस पटकको सङ्घीय संसदको निर्वाचनमा पनि खाली टिकट लिएर मनपरि गरेको परिणाम हो यो पराजय ।

तनहूँँ जिल्लामा कार्यक्रम राखी महामन्त्री सशांक कोइराला तनहूँँ जान खोज्दा मेरो जिल्लामा किन जान प¥यो भनी महामन्त्रीलाई प्रवेश निषेध गर्ने, केन्द्रीय सदस्य शेखर कोइराला जाँदा कार्यक्रम सकभर हुन नदिने केन्द्रीय पूर्वमहामन्त्री कुलबहादुर गुरूङ र तारानाथ रानाभाट जाँदा वक्तव्य निकाली कार्यक्रम वहिस्कार गर्न निर्देशन दिने यो हैकमले अब काङ्ग्रेस पार्टी चल्दैन । केन्द्रीय नेताहरूको त यो हाल छ भने तनहूँँका कार्यकर्ताको अवस्था कस्तो होला । यो विषयमा सम्बन्धित नेताहरूलाई बु्झ्दा यथार्थ कुरा अवगत हुनेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button