काली गण्डकीमा नुहाउने क्रममा वृद्धा वेपत्ता

दमौली खबर संवाददाता
दमौली, २८ साउन ।
कालीगण्डकी नदीमा नुहाउने क्रममा एक वृद्धा बेपत्ता हुनु भएको छ । तनहुँको देवघाट गाउँपालिका– ५ को बेणी सङगमा नुहाउने क्रममा  दोलखा जिल्लाको बैधेसोर गाउँपालिका– ३ बस्ने ७६ को जङगबहादुर खड्का बेपत्ता हुनु भएको प्रहरीले जनाएको छ ।
वेणी सङ्गमा रहेको कालीगण्डकी नदी किनारमा नुहाउने क्रममा अचानक सोही नदीले बगाई बेपत्ता बनाएकोले हाल खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
 शुक्रबार विहान ९ बजे बगाउने वित्तिकै इलाका प्रहरी कार्यालय देवघाट प्रहरी टोलीले खोजतलास गर्दा हालसम्म फेला नपरेको र घटनाको अनुुसन्धान भईरहेको प्रनाउ खड्काले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button