समाजद्धारा दमौलीमा सामुहिक रक्षा बन्धन हुने

तनहुँ, २६ साउन । जातिय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने उद्धेश्यले बाह्मण समाज तनहुँले सामुहिक रक्षा बन्धन गर्ने भएको छ ।  जनै पूर्णिमाको दिन शुक्रबार व्यास नगरपालिका–३ स्थित अनशन चौतरी, दमौलीमा सामुहिक रक्षा बन्धन गरिने समाजले जनाएको छ ।
रक्षा बन्धनको लागि सबैलाई सहज वातावरण होस् तथा जातिय सद्भाव, सहिष्णुता तथा सामाजिक समानता कायम गर्ने टेवा पु¥याउन सामुहिक रक्षा बन्धन गर्ने निर्णय भएको बाह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो । गत वर्ष पनि  समाजले सामुहिक रक्षा बन्धन कार्यक्रम राखेको थियो । सामाजिक त्रुटिको रुपमा रहेको जातीय विभेद्को अन्त्यको लागि यस्ता कार्यक्रमले मद्धत पुग्ने विश्वास आयोजकको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button