आँबुखैरेनी गाउँपालिकाका गाउँका विद्यार्थीलाई बस सुविधा

दमौली खबर संवाददाता

तनहुँ, भदौ ६

तनहुँको आबुखैरेनी गाउँपालिकाका ग्रामिण क्षेत्रका बालबालिकाले विद्यालय जान बस सुविधा पाएका छन् । गाउँपालिकाले विद्यार्थीको सुविधाको लागि बस खरीद गरिदिएकोले सो सुविधा भएका हुन् ।

पालिकाको आन्तरिक स्रोतबाट ४१ सिट क्षमताको २ वटा खरीद गरी शुक्रबार गाउँपालिका ल्याईसकेको छ भने एक बस खरी गर्ने क्रममा रहेको छ । ति बसहरु वडा नं. १ समस्तीपुर स्थित चन्द्रोदय माध्यामिक विद्यालय र वडा न २ को अकला आधारभूत विद्यालयलाई हस्तान्तरण गरिने पालिकाले जनाएको छ । पालिकाका अनुसार वडा नं. ६ कन्यदेवी माध्यामिक विद्यालयको लागि पनि चाँडै बस खरीद गरि प्रदान गरिने भएको छ । हाल कन्यादेवीका विद्यार्थीको लागि बस सुविधा नभए सम्मपको लागि सवारी साधन भाडमा लिएर विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ । पालिकालेले सामुदायिक विद्यालय सुधार अभियान अन्तर्गत स्कुल बस विद्यालयलाई प्रदान गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । विद्यार्थीहरुलाई विद्यालय सम्म जान यातयातको कुनै किसमको पनि दुविधा नहोस, समयमै पठनपठान शिक्षामा समस्या नहोस भन्‍ने उद्देश्य सहित विद्यालय बस व्यवस्थापन गरिएको अध्यक्ष चुमान बताउनुहुन्छ । चुमानले भन्नुभयो, सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै अतिविपन्न विद्यार्थीको भविष्य सुनिश्चित गर्न बस सेवा थप गरेका हौ ।ं” गाउँपालिकाले सामुदायिक विद्यालयको सुधार अन्तर्गत सबै जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएर अध्यापन गराएका छन् ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन बस खरीद ल्याईएको गाउँपालिकाको उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । गाउँपालिकाको शतप्रतिशत लगानीमा दुई वटा बस करिब रु.छपन्न लाखको लागतमा खरीद गरिएको उपाध्यक्ष अर्यालले बताउनुभयो । विद्यार्थीलाई ओसारपसारका कार्यमा सहज बनाउने उद्वेश्य अनुरुप गाउँपालिकाले वडा नं १ मा यसअघि नै एउटा बस व्यवस्था गरिसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अघि आँबुखैरेनी–२ स्थित अन्नपूर्ण आधारभूत विद्यालय,वडा नं ३ को परोकार र आँबु आधारभूत विद्यालयमा बलेरो गाडी भाडामा लिएर सेवा दिदै आएको छ । कम विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई मर्ज गरी एकिकृत विद्यालय बनाउने र दुरी अप्ठ्यारो भएका ठाउँमा बसले विद्यार्थी समेटिने योजना गाउँपालिकाको छ । शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ ।

Show More

Related Articles

Back to top button