रोट्रयाक्ट क्लव अफ दमौलीको २१औँ पदस्थापन कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता

तनहुँ,  भदौ ४

रोट्रयाक्ट क्लव अफ दमौलीको २१औँ पदस्थापन कार्यक्रम शनिवार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२२÷०२३ का अध्यक्ष विशाल श्रेष्ठले वर्ष ०२३÷०२४ का अध्यक्ष अनुज बिमलीलाई पद हस्तान्तरण गर्नु भएको साथै वर्ष २०२३÷२४ का पदाधिकारी तथा डाइरेक्टरहरुलाई सपथ ग्रहण गराइएको छ ।

निर्वाचित अध्यक्ष बिमलीलाई रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का एडिआरआर विश्वदर्शन पराजुलीले सपथ ग्रहण गराएका थिए भने अन्य निर्वाचित पदाधिकारीलाई अध्यक्षले सपथ ग्रहण गराउनुभयो । साथै रोट्रयाक्ट दमौलीमा नयाँ प्रवेश गरेका सात जना सदस्यलाई पनि अध्यक्ष बिमलीले सोही कार्यक्रम सपथ ग्रहण गराएका छन् ।

सोही अवसरमा निवर्तमान अध्यक्ष विशाल श्रेष्ठ तथा सचिव किरण श्रेष्ठले निर्वाचित अध्यक्ष बिमली र निर्वाचित सचिव उमेश पौडेललाई चार्टर प्रमाणपत्र, कोलार, माइन्यूट लगायत क्लबका सामाग्रीका साथ पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुभयो । जिम्मेवारी हस्तान्तरण पश्चात स्वीकारोक्ती मन्तव्यका साथ अध्यक्ष बिमलीले क्लबको गरिमालाई थप उच्च बनाउन प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । साथै उहाँले क्लब मार्फत समाज रुपान्तरणका लागि हुदै आएका कार्यक्रमहरुलाई निरन्तरता दिने र केही नयाँ कामहरुको सुरुवात गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

साथै निवर्तमान अध्यक्ष श्रेष्ठले सबैको साथ र सहयोगले आफ्नो कार्यकालमा इतिहासकै उत्कृष्ट कार्यक्रमहरु गर्न सफल भएको बताउने । सोही अवसरमा उहाँले वर्षभरमा उत्कृष्ट योगदान गर्ने क्लव मेम्वर तथा विभिन्न संघसस्थालाई सम्मान समेत गरे । कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानले रोट्रयाक्ट दमौलीले समाजमा उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो । रोट्रयाक्ट दमौलीको संस्थापक समेत रहेका न्यौपानेले यो क्लब जन्माएर हामीले जीवनमा उत्कृष्ट काम गरेको चर्चा समेत गरे । न्यौपानेले भन्नुभयो, ‘‘जीवनमा हामीले गरेका कुनै कुनै कामले अति सन्तुष्टि दिन्छ, यो क्लबको जन्म त्यही अन्तर्गतको एक काम हो’’।

कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक ३२९२का एडिआरआर विश्वदर्शन पराजुलीले रोट्रयाक्ट दमौलीका धेरै काम अन्य क्लबले अनुशरण गर्न आवश्यक रहेको बताउनुभयो ।उत्कृष्ट कार्य सम्पादनकै कारण क्लबले डिष्ट्रिककै अलग पहिचान स्थापित गर्न सफल भएको उहाँको भनाई थियो ।

सोही अवसरमा कालिभञ्जन गण (इ)का प्रमुख सेनानी रामज्योति बोहोराले क्लबका गतिविधिको प्रंशंसा गर्दै आगामी दिनमा समन्वय गरि सामाजिक काम गर्ने इच्छा व्यक्त गरे । साथै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले रोट्रयाक्ट दमौलीले लागु औषध सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो ।

वर्ष २०२२÷०२३ का अध्यक्ष श्रेष्ठ तथा ०२३÷०२४ का अध्यक्ष बिमलीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ दमौलीका अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष दामोदर भण्डारी, वडा नं ४का कार्यवाहक अध्यक्ष सरोज भण्डारी, नेपाल रेडक्रश सोसाइटीका मन्त्री सुर्यचन्द्र हड्खले,इनरव्हील क्लब अफ दमौलीकी अध्यक्ष प्रमिला श्रेष्ठ, रोट्रयाक्ट क्लव कान्तिपुरकी पूर्व अध्यक्ष सृष्टि त्रिपाठी लगायतले रोट्रयाक्ट क्लवले शिक्षा, स्वास्थ्य तथा नेतृत्व बिकासको क्षेत्रमा महत्वपूर्ण योगदान गर्न सफल भएको धारणा राखेका थिए ।

क्लबले बिगत ७ वर्षदेखि गर्दै आएको एक बालबालिका मेरो जिम्मेवारी कार्यक्रम अन्तर्गत आजै ७ जना बालबालिकालाई जनही रु.१ हजार ५ सय, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । १ जना बालबालिकाबाट सुरु भएको यो कार्यक्रममा अहिले ७ जना बालबालिका समेटिएका छन् । जसमा व्यास–११ सेरा स्थित बसन्त आधारभूत विद्यालयका कक्षा ७ का लिल बहादुर आले ,कक्षा ९ की मिना थापा मगर, व्यास–६ बाह्रबिसे स्थित इन्दु मावि कक्षा १०की सृष्मा काफ्ले, कक्षा ९की अमिशा गुरुङ, भानु–५ मैबल स्थित सरस्वती सदन मावि ५का किरण बिक, कक्षा ८का सुमित शाही र व्यास–३ देउराली नगर स्थित शिवपाञ्चान मा वि कक्षा ८का नवराज परियार रहेका छन् ।

त्यस्तै गरि क्लबले यस वर्षदेखि ६ जना विपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा समेत गरिदिएको छ । जसमा ५ देखि ७ जनाको परिवारले निशुल्क स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य बिमाका लागि छनोट भएका परिवारलाई सोही अवसरमा बिमा कार्ड हस्तान्तरण गरिएको छ ।

साथै क्लबले हरेक वर्ष प्रकाशन गर्दै आएको रोट्रयाक्ट कोसेली विमोचन गरिएको छ भने क्लबको आफ्नै वेवसाइट पनि लन्च गरिएको छ । क्लबको वेवसाइटको बारेमा जानकारी दिदै प्रोफेसनल डेभलमेन्ट चियर पवन पौडेलले अब क्लबका हरेक गतिविधि वेवसाइटमा पनि हेर्न सकिने जानकारी दिईएको थिया ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मनोज राउतले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण वर्ष २०२२÷०२३ का सचिव किरण श्रेष्ठ तथा ०२३÷०२४ का सचिव उमेश पौडेलले गरेका थिए ।

Show More

Related Articles

Back to top button