वरिष्ठ नेता पौडेलद्धारा नहर्की परिवारलाई भेटी समवेदना व्यक्त

दमौली खबर संवाददाता
दमौली, मंसिर १५ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाडैलले शोकमा रहेका नहर्की परिवारलाई भेटी  समवेदना व्यक्त गरेका छन् । व्यास नगरपालिका–११ पोल्याङ निवासी कांग्रेसका पूराना नेता तथा समाजसेवी स्व.रेशमलाल नहर्कीको परिवार धर्मपत्नी ससीकुमारी नहर्की, छोराहरु गणेशराज नहर्की, भरतराज नहर्की, शंकरराज नहर्की, छोरी मैयाँ कैनी लगायतलाई बिहीबार भेट गर्नु भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको हो ।
सो क्रममा नेता पौडेलले स्वर्गिय रेशमलाल नहर्कीले कांग्रेसको संगठन निर्माणमा पु¥याएको योगदानको स्मरण गर्दै शोकको सो घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामनासमेत गर्नुभयो  ।
काँग्रेसका नेता पौडेल सहित नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति श्यामकुमार मौरती, नेविसंघका निर्वतमान महामन्त्री दीपक भट्टराई, कांग्रेसका जिल्ला नेताहरु मिनबहादुर कुँवर चरीबाबा, शुसिल तिमिल्सिना लगायत नेता तथा कार्यकर्ताले नहर्की परिवारमा पर्न गएको शोकप्रति समवेदना व्यक्त गरेका छन् । नहर्कीको यही मंसिर ६ गते दमौली अस्पतालतमा उपचारको क्रममा निधन भएको थियो । नहर्कीले स्थानीय स्तरमा विद्यालय, बाटोघाटो, खानेपानी लगायतको विकासको पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button