सांसद श्रेष्ठ भोलि गृह जिल्ला तनहुँ आउदै

दमौली
प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान भोलि शुक्रबार गृह जिल्ला तनहुँ आउने भएका छन् । आफ्नो शाररिक अस्वास्थ्यताका कारण केही समय आराम गरिरहेका सांसद भोलि तनहुँका बाढी र पहिरो पीडितमा परेका जनतालाई भेट्न राहतको प्याकेज सहित गृह जिल्ला आउन लागेका उनको सचिवालयले जानकारी दिएको छ ।

करिब एक साता जिल्ला बस्ने गरी आउन लागेका सांसद श्रेष्ठले प्राकृतिक प्रकोप पीडित तनहुँ क्षेत्र नम्बर १ का जनतालाई संघीय सरकारको तर्फबाट र आफ्नो व्यक्तिगत तर्फबाट राहत उपलब्ध गराउने र पीडितहरुसँग प्रतक्ष्य भेटघाट गर्ने तथा घटनास्थलको निरिक्षण गर्ने कार्यक्रम रहेको छ । साथै कोभिड(१९ सम्बन्धि क्वारेन्टाइनको अनुगमन तथा सरोकारवालासँग भेटघाट गर्ने तथा जानकारी लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button