अझै पनि हेरचक्राई

विश्वका ठुला ठुला राष्ट्रहरुलाई पनि आतंक पारेको कोरोना भाईरस बाट नेपाल पनि अछुतो रहेन । कोरोना भाईरसको जोखिम कम गर्न सरकारले गत चैत महिना देखि जारी गरेको लकडाउन झण्डै चार महिनामा केही हद सम्म खुकुलो भयो । सुरुमा कोरोना संक्रमीतको संख्या कम हुन धेरै सावधानी अपनाएकाले अहिले संक्रमीतको संख्या दिन प्रति दिन बढ्दै जाँदा हेरचक्राई गर्न थालेका छन् । सरकारले पहिलो चरणको लकडाउन गर्दा बाह्य देश बाट आएका नेपालीहरुमा कोरोना देखिएको थियो । अव्यवस्थित क्वारेन्टाईन र व्यवस्थापन बाट झनै कोरोना फैलियो । अन्ततः कोरोना समुदाय स्तरमा सम्म देखा परेर संक्रमीतको ज्यान समेत जान थाल्यो । पछिल्ले तथ्याङक हेर्ने हो भने लकडाउन खुले पनि कोरोना बाट ज्यान गुमाउने र संक्रमीतको संख्या बढ्दो रहेको छ । समुदाय स्तरमा कोरोना भाईरस देखिन थाले पनि स्थानिय प्रशासन र तहले निषेधाज्ञा र लकडाउन गर्न लागे । यसैै व्यास नगरपालिकाले पनि छिमेकी पालिकामा समुदाय स्तरमा कोरोना दखिए पछि भदौ १ बाट लकडाउन कायम गर्यो । कोरोना संक्रमीतको सम्र्पकमा आएको स्वांब संकलन गरेर परिक्षणको लागि पोखरा पठाउने गरियो । तर भनेको समयमा परिक्षणको रिर्पोट नआउदाँ नगरपालिकाले लकडाउनलाई लम्बाउने सोच राख्यो । सोही अनुरुप नगरपालिकाले भदौ १२ गते सम्म लकडाउन नै कायम गर्यो । लकडाउनको अवधि सकिए पछि नगरपालिकाको विपद् व्यवस्थापन समितिले शुक्रबार बसेको बैठकले सावधानी अपनाएर बजार खुलाउने तर साना सवारी नचलाउने निर्णयले गर्यो । यसअघिको निषेधाज्ञाको म्याद शुक्रबार सकिएपछि लकाडाउनको के गर्ने भन्ने विषयमा सर्वपक्षिय रुपमा बसेको बैठकले लकडाउन थप नगर्ने तर सावधानी अपनाउने सहमतीको भएको थियो । नगरपालिका प्रमुख वैकुण्ठनाथ न्यौपानेको अनुसार लकडाउन थप्दै जाँदा धेरै व्यापारीले बजार खुलाउन माग गरेपछि जोखिम कम गर्दै खुलाउने सहमति भएको बताए । उनका अनुसार एक साताका लागि बजार बिहान ८ देखि साँझ ६ बजेसम्म खुलाउने निर्णय भएको थियो । आसपासका क्षेत्र र बजारभित्रै पनि संक्रमित भेटिने क्रम नघटेकाले अब बजार खुलाउँदा विशेष सावधानी अपनाउने निर्णय गरिएको उनले बताए । व्यवसायीले विशेष सावधानी अपनाएर शनिबार बाट व्यवसाय खोल्न दिने भनिएको थियो । तर शनिबारको दिन भने दमौलीका अधिकांश व्यवसाय बिना मास्क र स्वास्थ्य मापढण्ड पूरा नगरिनै व्यवसाय खोलेका थिए ।

व्यासमा हालसम्म ४१ जनामा संक्रमण देखिएको छ । व्यासमा बस्ने भानु र म्याग्देका अरु दुईजनामा पनि संक्रमण देखिएको थियो । छिमेकका तहबाट संक्रमित बढी आउन थालेकाले बजारको केही तप्काबाट अझ बजार बन्द गराउनुपर्ने माग आए पनि सटर भाडामा बस्ने अधिकांशले भने यसमा सहमति जनाएका थिए । शनिबारको दिन व्यास ३ स्थित नगरपालिको नयाँ भवन लाईनमा रहेका व्यवसायहरुले ग्राहकको पखाईमा थियो । केहीले मात्र मुखमा मास्क लगाएका थिए । तर ९० प्रतिशत व्यवसायहरुले मास्क नै लगाएका थिएन् । कसैको गोजीमा मास्क राखेका थिए, कसैले चिउडोमा कसैले हातमा मास्क राखेर गफ गदै थिए । नत गफ गर्दा सामाजिक धुरी नै कायम गरेका थिए ।

“आफ्ना लागि भन्दा पनि अरुका लागि मास्क लगाइदिएजस्तो गर्छन्। ‘मास्क सबैले अनिवार्य लगाउनुपर्छ भनेर भनिरहेका छौं। अझ समुहमा हुदाँ त मास्क लगाउने र दुरी कायम गरेर काम गर्नुपर्छ भनेर बताएका छौं। केहीले नियम पालना गर्नुहुन्छ। धेरै जसो त अटेरी गरेको जस्तो गर्नुहुन्छ’ नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, ‘ व्यवसायीहरुलाई झन् स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेका छौं।’

शनिबारको दिन भएर खासै व्यवसाय खुलेका छैनन् तापनी व्यवसायीलाई स्वास्थ्य सुरक्षा अपनाउन पटक पटक भन्ने गरेको तनहँु उद्योग वाणिज्य संघ दमौली बजारका ईकाइका सभापति राजकुमार श्रेष्ठ राकुले बताए । उनले भने, “ हामील्े माईकीङ गरेर पनि सचेत गराउका छौं । अब आईतबार बाट स्वास्थ्य मापढण्ड पूरा नगरेमा प्रशासनको अनुसार कारबाही प्रक्रियामा जाने छौ । ” उनले थपे,“ हरेक पसलमा सचेतनामुलक पोस्टर टाँसने छौ । सबैलाई अनिर्वाय मास्क लगाउन भनेका छौं । ”

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button