तनहुँमा कोरोनाको द्रुत परीक्षणका लागि ६४२ आरडिटी किट आयो

सबै स्थानीय तहबाट परीक्षण सुरु गरियो,
दमौली खबर संवाददाता
वैशाख १दमौली
तनहुँमा कोरोना भाइरस (कोभिड(१९)को द्रुत परीक्षण गरिने भएको छ । चैत्र १ गते यता भारत लगायत विभिन्न मुलुकबाट जिल्ला भित्रिएका व्यक्तिर्को यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट परीक्षणको तयारी गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा द्रुत परीक्षणका लागि ६४२ वटा किट प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । स्वास्थ्य कार्यालयलाई शनिबारमात्र उक्त किट प्राप्त भएको र आज बाटै नै सबै स्थानीय तहमा आवश्यक मात्रमा किट पठाएको प्रमुख अधिकारीले बताए । यस्तै, बिहीबारबाट दमौली अस्पतालमै कोभिड(१९ को शंकास्पद विरामीको स्वाब संकलन सुरु गरिएको छ । हालसम्म ३ जनाको जिल्ला अस्पतालमा स्वाब संकलन गरिएको, ४ जना आफै पोखरा र काठमाडौं गएर परीक्षण गरेका छन् र ७ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले बताए ।

जिल्लाको म्याग्दे गाउँपालिका, व्यास र शुक्लागण्डकी नगपालिकाबाट १र१ जनाको गरी ३ जना शंकास्पद विरामीबाट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको उनले बताए । त्यस्तै, भानु नगरपालिकाका २ जनाले पोखरामा र ऋषिङ गाउँपालिकाको १ जनाको काठमाडौं र आँबुखैरेनी गाउँपालिकाको १ जनाले व्यक्तिगत रुपमा स्वाब परीक्षण गरेका थिए । हालसम्म जिल्लाबाट कोभिड(१९ को आशंकमा गरिएको परीक्षणको सबै रिपोट नेगेटिभ भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा चैत्र १ गतेयता ७२० जना विदेशबाट फर्किएका छन् । यी मध्ये देवघाट गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा एक जना मात्र बसेका छन् र बाँकी ७१९ जना सुरक्षित हिसावले होम क्वारेन्टाइनमै बसेका छन् ।

यस्तै, अहिलेसम्मको अवस्थामा जिल्ला भाइरस संक्रमणबाट सुरक्षित रहेको हुँदा आगामि दिनमा पनि कोरोनाको संक्रमण फैलन नदिन लकडाउनको पूर्ण पालना गरी घरमै बसेर सुरक्षित र सचेत बन्न प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जिल्लाबासिलाई आग्रह गरेका छन् ।

जिल्लाको १० वटै स्थानीय तहमा गरी २३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ भने ११ वटा थर्मल गन, १७६ बेडको क्वारेन्टाइन, ५ स्थानीय तहमा ४२ बेडको आइसोलेशन बेड, ५६ वटा स्वास्थ्य सहायता कक्षका साथै १८५ थान पिपीइको व्यवस्था भएको बताइएको छ ।

तनहुँमा संकलन गरिएको पछिल्लो तथ्याङ्क अनुसार भानु नगरपालिकामा ७७, व्यास नगरपालिकामा १५४, म्याग्दे गाउँपालिकामा ३६, शुक्लागण्डकी नगरपालिकमा १२४, भिमाद नगरपालिकामा ११३, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३० जना, बन्दीपुर गाउँपालिकामा १८ र आँवुखैरेनी गाउँपालिकामा २१ जना गरी ७२० जना नागरिक भारत, दुबइ, कतार, मलेसिया लगायतका मुलुकबाट जिल्लामा भित्रिएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button