सांसद श्रेष्ठको नयाँ वर्षमा शुभकामना-कोरोना विरुद्धको लडाई जितेरै छाड्छौं

दमौली खबर संवाददाता
चैत २९ दमौली

प्रतिनिधिसभा सदस्य एब्म तनहुँ क्षेत्र १ का सांसद कृष्ण कुमार श्रेष्ठ किसानले शुक्रबार  शुभकामना जारी गरेको छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) को भाइरस विरुद्धको लडाईमा एकताबद्ध हुन देशबासीलाई आह्वान गर्नु भएको छ । नयाँ वर्ष २०७७ को अवसरमा शुक्रबार साँझ सन्देश दिँदै सांसद श्रेष्ठले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) को भाइरसको संक्रमण फैलन नदिन सरकारले देशव्यापी रुपमा गरेको लकडाउनको कारण विगत वर्षको जस्तो उल्लासपुर्ण रुपमा नयाँ वर्ष मनाउन नपाइएको तर पनि कोरोना भाईरसलाई परास्त गर्ने प्रण गर्दै यसमा सबैलाई प्रेरणा र हौसला दिँदै हामीले नयाँ वर्षको मनाउनु पर्ने बताएका छन् ।
कोरोनालाई परास्त गर्न सरकारले देशव्यापाी लकडाउन गरेको र सरकारको आह्वानलाई स्विकार गर्दै सबै नागरिकले लकडाउनको पालना गरिरहेको सांसद श्रेष्ठले शुभकामना सन्देशमा जनाएका छन् । हाम्रो त्याग र एकताबद्धताले कोरोनासँगको यो महायुद्ध हामीले विजयी भएरै छाड्ने भन्दै लकडाउनको कारण अहिले श्रमजिवि वर्ग, विपन्न समुदाय, अपाङ्गता भएका तथा एकल महिलाहरुमा दैनिकी चलाउन समस्या परिरहेको जनाएका छन् ।
यस्तो अवस्थामा सरकारले स्थानीय तह मार्फत त्यस्ता विपन्न नागरिकहरुको पहिचान गरि राहत वितरण समेत सुरु गरिसकेको र राहत वितरणमा केही ठाउँमा केही असन्तुष्टिहरु सुनिएको तर यस्तो संकटको अवस्थामा कसैले पनि नियतवश राहत वितरणमा अनियमितता गरेका छन् भन्ने विश्वास नभएको र काम गर्दै जाँदा केही कमजोरी हुनुलाई आफुले स्वभाविक ठानेको जनाएका छन् । यसैलाई शिक्षा लिएर सबै स्थानीय तहले वास्तविक पीडितहरुलाई राहत उपलब्ध गराउनु हुनेछ भन्दै सांसद श्रेष्ठले आफुले पनि जिम्मेबार जनप्रतिनिधिका हैषियतमा केही दिन अघि तनहूँ क्षेत्र नम्बर १ का सबै स्थानीय तहकोलागि केही स्वास्थ्य सामाग्री उपलब्ध गराएको उल्लेख गरेका छन् । उक्त स्वास्थ्य सामाग्री पर्याप्त नभएपनि यसलाई कोरोना विरुद्धको लडाइमा स्थानीय तहसँगको ऐक्यबद्धताको रुपमा लिएको र आवश्यक परेको खण्डमा पुनः आफुले सकेको आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यो विषम परिस्थितीको फाईदा उठाएर कसैले पनि खाद्य तथा स्वास्थ्य सामाग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र दुर्नियत राखी प्रचार गर्ने कार्य खेदजनक रहेको सरकारले कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानुनी कारवाही गरिहेको सांसद श्रेष्ठले उल्लेख गरेका छन् । हालैमात्र स्वास्थ्य सामाग्रीमा कालोबजारी गर्ने एक उद्योगपतीलाई प्रहरीले पक्राउ गरि कानुनी कारवाहीको प्रक्रिया सुरु गरेबाट नै प्रष्ट हुन्छ, सरकार यो अवस्थामा अनियमितता गर्ने कसैलाई पनि छाड्दैन यो राम्रो र सुखद भएको सांसद श्रेष्ठको भनाई छ । अर्काे कुरा सरकारले यो आपतकालिन समयमा जसरी हुन्छ, जती मुल्य परे पनि जति तिरेर हुन्छ भन्ने मनसायले केही दिन अघि चिनबाट स्वास्थ्य सामाग्री खरिद गरेर ल्याउँदा नविन विक भन्ने व्यक्तिहरुबाट स्वास्थ्य सामाग्रीहरुको खरिदमा भ्रष्टाचार भएको भनेर दुष्प्रचार गरेको उनले आरोप लगाएका छन् ।
त्यस्तो आरोप लगाउनेहरुले किन आजसम्म त्यो भन्दा सस्तो मुल्यमा स्वास्थ्य सामाग्री ल्याएर देशभित्र विक्री गर्न सकेका छैनन् त ? यसबाट प्रष्ट हुन्छ–उनीहरुको नियत जसरी पनि हुन्छ सरकारको बदनाम गर्नु हो । यो कुरा आम जनताले विधि सकेको सरकार यस्ता दुष्प्रचारको पछाडी नलागी कोरोना विरुद्धको युद्धलाई परास्त गर्न आफ्नो लक्ष्य र मिसनमा खटिरहेको छ र खटिनै रहने सांसद श्रेष्ठले उल्लेख गरेका छन् । जनताको अभुतपुर्व साथ र सहयोगमा सरकारले यो लडाई अवश्व पनि पुरा गर्ने छ भन्ने विश्वास लिएको भन्दै सांसद श्रेष्ठले नयाँ वर्षले सबैलाई अझ एकताबद्ध बन्न र सबैखाले विकृती र बिसंगती विरुद्ध लड्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

देबघाट अनलाइनबाट साभार
शुभकामना पाठ गर्नुहोस् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button