रिसिङ गाउँपालिका सबै वडामा राहत वितरण

देब गजमेर
लकडाउनका बेलामा अति विपन्न परिवार, ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई राहत वितरण गरिएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनमा दैनिक मजदुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहमा पनि राहत वितरण गरिएको रिसिङ गाउँपालिकाका प्रमुख राजेन्द्र कुमार श्रेष्ठले बताए । रिसिङ गाउँपालिका भित्र रहेका बिपन्न आठ सय १ घरलाई राहत वितरण गरिएको हो । “प्रत्येक वडा लाई १÷१ लाख छुट्याइएको र करिब १० लाख को सामान बाडिएको अध्यक्ष श्रेष्ठले बताए । रिसिङ गाउँ पालिका ले वडा तहबाटै राहत वितरण शुरु गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button