जन्म दिनमा गौ संरक्षण केन्द्रलाई सहयोग

दमौली खबर संवाददाता
जेठ २८

दमौलीका एक युवा व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा छाडा चौपाय संरक्षणका लागी स्थापित गौ संरक्षण केन्द्रलाई सहयोग गरेका छन् । व्यास २ मा व्यवसाय गदै आएका कुमार मल्लले आफनो जन्मदिनको अवसरमा बुधबार ब्यास १० दुम्सिमा रहेको छाडा गौ संरक्षणलाई २ बोरा चोक्कर , २ बोरा दाना र १ बोरा नुन सहयोग गरेका हुन् । गौं संरक्षण केन्द्रका अध्यक्षले छाडा चौपायलाई नुन उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । गौं संरक्षण केन्द्रका अध्यक्षले उदाहरणीय कामको प्रसंशा गर्दै अन्य युवाहरुले पनि सिको गर्नुपर्ने उल्लेख गरिन् । २ सय ५० रोपनि क्षेत्रफलमा फैलिएको उक्त ठाउँमा करिब ५० वटा गाई रहेका छन । पछिल्लो समयमा जन्मदिनको दिन गरिने फजुल खर्चलाई विभिन्न सामाजिक कार्य प्रयोग गर्न थालिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button