तनहँुमा दुई प्रहरी सहित पाँच जनामा कोरोना

तनहँुमा विहिबार दुई प्रहरी सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बन्दीपुर गाउँपालिकामा दुई प्रहरी सहित तीन जन, व्यास र आँबुमा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबारसार्वजनिक गरेको विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेहरु बन्दिपूरका २५, २१ र २५ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमितमध्ये दुई जना डुम्रेका प्रहरी र एक जना भारतीय नागरिक रहेका छन् । त्यस्तै आँबखैरेनी गाँउपालिका वडा नं ३ की ३९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै व्यास ४ की ३६ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनले आफै परीक्षण गर्नको लागि पोखरा गएकी थिईन् । उनले पे क्लिनिकमा परीक्षण गराउदाँ रिपोर्ट पोजेटीभ आएको हो । यो सँगै तनहँुमा कोरोना संक्रमीतको संख्या तीन सय ७१ पुगेको छ । जसमा दुई सय ३४ जना संक्रमीत निको भई घर फर्किएका छन् भने बाँकी एक सय ३३ जनाको विभिन्न आईशोलेसनमा उपचार जारी रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button