नेपाल टेलिकम दमौली शाखाको सेवा प्रति ग्राहकको असन्तुष्ट

दमौली
नेपाल टेलिकमको दमौली शाखाको सेवा प्रति स्थानिय ग्राहकको असन्तुष्ट बड्दै गएको छ । बिशेष गरि सामान्य टेलिफोन मर्मतदेखि इन्टरनेट जडान सम्मका लागि ४ दिन देखि ६ दिन लगाउने गरे पछि सेवाग्राहीहरु नेपाल टेलिकम दमौली शाखाको काम गर्ने शैली प्रति असन्तुष्ट भएका हुन् । व्यास ३ दमौली बस्ने गंगाको घरमा गएको बिहिबार ल्याडलाइन टेलिफोन सेवा बिग्रियो फोन बिग्रिय पछि उनको घरमा टेलिकमबाट जडान गरिएको एडिएस्एलको इन्टरनेट पनि अबरुद्द भयोे । उनले कमप्लेन गरेको पनि ३ दिन भइसक्यो निकै पटक सम्पर्क गरेर फोन तथा इन्टरनेटको समस्या समाधान गर्न अनुरोध गरिन तर हाल सम्म उनको टेलिफोन र इन्टरनेट चलेको छैन् । “नेट राम्रो चल्छ भनेर टेलिकमबाट नेट जोडेको कहिले नेट आउदैन केही समस्या आए समाधान गर्न टेक्निसियन आउदैनन् हैरान भएको छु यो टेलिकमको काम गर्ने शैली देखेर ” उनले भनिन् ।
उनि मात्र होइनन् व्यास ३ बस्ने अमित गुरुङ इन्टरनेटमा वेभ सम्बन्धी काम गर्छन् । बेला बखतमा अनलाईन गेमिङको टपअपहरु पनि गर्छन हाल प्रयोग गर्दै आएका इन्टरनेटले काम गर्न गाह्रो भए पछि टेलिकमको नेट जडान गर्न गएका थिए तर नेट जडान गर्न ३ देखि ४ दिन लाग्न सक्ने भनेर कर्मचारीले भने पछि उनी फर्केर आए । हाल उनले स्थानिय नेट प्रयोग गर्दै आएका छन् । गुरुङ भन्छन् “अरु इन्टरनेट प्रदान गर्ने संस्थाहरुले निदेवन दिएको १ घण्टामा नेट जोड्दिन्छन् टेलिकममा तिनदेखि चार दिन लाग्छ ” ।

“युवाहरुले काम चाडै गर्छन भन्ने यहीबाट पुष्टि हुन्छ धरै जस्तो विभिन्न इन्टरनेट सेवा संस्थामा युवा पुस्ता छन् नेपाल टेलिकममा पनि युवा पुस्ता हुन जरुरी भएको देखिन्छ, उनले भने ।” हाल नेपालमा लकडाउन खुले पनि शैक्षिक संस्थाहरु भने खुलेका छैन्न । अधिकांश विद्यार्थीहरु भने इन्टरनेटको माध्यमबाट भर्चुयल कक्षाहरुमा उपस्थित भइरहेका छन् । यस समय नेपाल टेलिकमको सेवा प्रदान गर्नै शौली प्रति स्थानियहरु खुसी नरहेको पुष्टि हुन्छ । नेपाल टेलिकम दमौली शाखामा प्रमुख सुधिरकुमार शर्मा भने लकडाउनका कारणले कर्मचारीको न्यून उपस्थिती रहेको र बर्खा कारणले पनि इमिडेट रेस्पोन्स गर्न नसिकएको बताएका छन् । उनले भने “हाल विभिन्न अनलाईन कक्षा भइरहेको र आफुहरु अनलाईन र नेटमा फोसक रहेर काम गरेको हुदा तत्काल सेवा दिन नसकिएको बताएका छन् ”

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button