एम्बुलेन्स खरिदका लागि तिन लाख भन्दा बढि रकम संकलन

नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाद्धारा सामुदायिक एम्बुलेन्स सेवा संचालनको लागि थालेको अभियानको आठ दिनसम्म रु.तीन लाख ६२ हजार चार सय संकलन भएको छ । असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान भन्ने नाराका साथ नेपाल रेडक्रस दिवसको अवसरमा गत भदौ १९ गतेबाट सञ्चालन गरेको अभियानमा उक्त रकम संकलन भएको हो । सामुदायिक एम्बुलेन्स सेवा संचालन अभियानलाई विभिन्न सहयोगी हातहरुबाट सहयोग गर्ने क्रम जारी रहेको उपशाखाका अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेलले बताए ।

उक्त उपशाखाका संस्थापक सभापति स्वर्गीय शंकर गिरीको परिवारको तर्फबाट रु. ६० हजार रुपयाँ प्रदान गर्नु भएपछि सहयोग रकम संकलन कार्य शुरु गरिएको उनले जानकारी दिए । उपशाखाका सभापति रामदत्त पौडेल तथा मनु पौडेलबाट रु.२१ हजार १११,अर्थ संकलन समितिका संयोजक एवं व्यास–१० निवासी ईश्वर पौडेलबाट रु.२१ हजार १११,व्यास–१० खहरेका युवा व्यवसायी बिशाल गिरीबाट रु.२१ हजार १११, अर्थ संकलन समितिका सचिव श्रीकृष्ण आचार्यबाट रु.१५ हजार ५५५, भानु माविका पूर्व प्रधानअध्यापक प्रेम दराई तथा वडा सदस्य पति माया दराईबाट रु. १५ हजार ५५५ सहयोग गरेका छन् ।

उपशाखा उप सभापति विष्णुप्रसाद अधिकारीबाट रु. एघार हजार एक सय ११ र व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले रु.एघार हजार १११, व्यास १० निबुवाटारी स्थाइ ठेगाना भई हाल बारा जिल्लामा कार्यरत प्रहरी नायब उपरीक्षक गौतम मिश्रले रु.एघार हजार १११ प्रदान गरेका छन् । त्यसैगरी व्यास–१० बैरेनी निबासी उपशाखाका आजीवन सदस्य ब्यास–४ का वडा सचिव दुर्गाप्रसाद पौडेल तथा श्रीमती देवका पौडेलबाट रु.एघार हजार १११, ब्यास–१० बैरेनी निवासी कृष्ण गिरी एवं रिलायन्स इन्सोरेन्स कम्पनीका शाखा प्रवन्धकले रु.एघार हजार १११ प्रदान गरेका छन् ।

त्यसैगरी,दुम्सीकोटका युवा व्यवसायी, उपशाखा सदस्य जीवन पोखरेलबाट रु. एघार हजार एक सय ११, भानु माध्यमिक विद्यालय वि ब्या स अध्यक्ष विष्णु थापाबाट रु.एघार हजार १११ ,व्यास –१० दुम्सीचौरमा युवा व्यवसायी गणेशकुमार बि.क.बाट रु.एघार हजार १११ सहयोग प्राप्त भएको छ । त्यसैगरी उक्त अभियानलाई दुम्सीचौर निवासी गोपाल गुरुङबाट रु.दश हजार पाँच सय ५५,सुसिल स्मृति प्रतिष्ठान ब्यास–१० का संरक्षक हरिभक्त अधिकारीबाट रु. दश हजार पाँच सय ५५ सहयोग गरेका छन् ।

त्यसैगरी दुम्सीकोट निवासी मिना भण्डारीबाट रु.दश हजार पाँच सय पाँच,खिर कुमारी थापाबाट रु.दश हजार पाँच सय पाँच,शिखर युवा क्लवका अध्यक्ष उद्धव जिसीबाट रु.दश हजार पाँच सय प्राप्त भएको छ । त्यसैगरी,जनता आधारभूत विद्यालयका पूर्व प्रअ दिल बहादुर मगरले आफ्ना स्वर्गीय बुबा लिलाम्बर मगरको स्मृतिमा रु.दश हजार पाँच,बरचौर टोल विकास संस्थाले रु.दश हजार एक सय,दुम्सीकोट टोल विकास संस्थाले रु.दश हजार सात,दुम्सी चौरका युवा रेशम दरैबाट रु. पाँच हजार पाँच सय ५५ सहयोग गरेका छन् ।

स्थानीय मैतबहादुर गुरुडबाट रु.पाँच हजार ५५, रुद्रनाथ जोगीबाट रु.पाँच हजार ५५,चन्दा संकलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताए । त्यसैगरी आफ्ना बुबा नन्दलाल सापकोटाको पुण्य तिथिमा सम्झना स्वरुप हाल मलेसियामा रहेका पोखरा चााउथे निवासी कृष्ण सापकोटा एवं पदमा सापकोटाले रु.पाँच हजार एक सय ९९, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं ब्यास– ७ निवासी प्रदिप घिमिरेबाट रु.चार हजार ४५,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँका सभापति कृष्णहरी वाग्लेबाट रु.तीन हजार तीन सय ३३, ब्यास– १ दमौली टोलकी शारदा गिरीबाट रु.दुई हजार पाँच,म्याग्दे–१ गुणदीकी राधिका लम्साल खनालबाट रु.दुई हजार पाँच सय पाँच, ब्यास–२ निवासी सरस्वती थापाबाट रु.दुई हजार पाँच सय ५५,व्यास–४ निवासी मिलन श्रेष्ठबाट रु.दुई हजार पाँच,व्यास–१० दुम्सी चौरका खड्क बहादुर अधिकारी बाट रु.एक हजार पाँच र ऋषिडगाउँपालिका–५ की पूर्णिमाया गुरुडबाट रु.पाँच सय पाँच लगायतको सहयोग प्राप्त भएको उपशाखाका सभापति रामदत्त पौडेलले बताए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button