छुटाछुटै दुघर्टनमा चार जनाको मुत्यु

दमौली खबर सम्बाददाता
चैत ९ , दमौली । तनहँुमा आईतबार छुटाछुटै ठाँउमा दुघर्टना हुदाँ चार जनाको मुत्यु भएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका २ स्थित ऐनापहरामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस सडकबाट झण्डै सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुका प्रमखु पूर्णबहादुर अधिकारीले जानकारी दिए ।यो समचार तयार पार्दा सम्म तीन जनाको मुत्यु भएको जनाईएको थियो ।

दुद्र्यटनामा पनि दजनौ यात्रु घाईते भएको उनले बताए ।
मृतकको सनाखत नभएको अधिकारीले बताए । ‘सडकबाट सय मिटर तल नदी किनारमा पुगेको छ’, उनले भने, ‘अहिलेसम्म १० जना घाइतेको उद्धार गरिसक्यौं।’ प्रहरीका अनुसार बसमा कति सवार थिए भन्ने एकीन भएको छैन। घाइतेको आबुखैरेनीका निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धार भइरहेको छ। प्रहरीका अनुसार घाइतेमध्ये १३ जनालाई छिम्केस्वरी अस्पतालमा पुर्रुयाइएको छ। त्यस्तै व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा बस दुर्घटना हुदाँ एक महिलाको मृत्यु सहित १७ जना यात्रु घाइते भएको छन । मृत्यु हुनेमा गोरखाको गोरखा नगरपालिका–१८ घर भई हाल शुक्लागण्डकी नगरपालिका–२ मा बस्दै आएकी करिव २६ वर्षीय शर्मिला ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । बिहानै मुग्लिनबाट पोखरातर्फ जादै गरेको ग १ ख ९४०० नम्बरको बस घाँसीकुवामा अनियन्त्रित भई भित्तामा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अगाडिको सिटमा बसेकी युवती झ्यालको शिशा फुटेर बसबाट खसेको र सोही बसले च्यापिएर मृत्यु भएको जनाईएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ ।घाइते मध्ये २ जना लाई पोखरा स्थित मणिपाल अस्पताल र १ जना लाई काठमाडौ रिफर गरिएको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button