सेती नदीमा अबैध रुपमा उत्खनन

दमौली खबर संवाददाता
चैत ९

 

तनहुँको भिमाद नगरपालिका–५ स्थित बाँदरकुना, झकास, कार्तिकेघाट लगायतका सेतीनदी किनारमा अबैधानिक तरिकाले जेसिभी र एक्साभेटर प्रयोग गरी नदीजन्य उत्खनन गर्ने कार्य रोकिएको छैन् ।

भिमाद नगरपालिकाले टेन्डर गरेको बाँदरकुना,कार्तिकेघाट र झकासमा रातको समयमा उत्खनन गरी रातको समयमा चोरी गर्ने कार्य मौलाउँदै गएपछि ऋषिङ्ग पाटनका स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन् ।

तनहुँको भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले अबैधानिक तरिकाले जेसिभी र एक्साभेटर प्रयोग गरी नदीजन्य उत्खनन गर्ने कोही कसैलाई पनि नछाडि कारबाही गरिने बताए ।

भिमाद नगरपालिका–५ स्थित बाँदरकुना, झकास, कार्तिकेघाट लगायतका सेतीनदी किनारमा अबैधानिक तरिकाले जेसिभी र एक्साभेटर प्रयोग गरी नदीजन्य उत्खनन गर्ने डोजरलाई तोकिएको अवधि भित्र नबाहिरिए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

पालिका बैठकले नगरपालिकाले जुन किसिमले टेण्डर आव्हान गरेको छ,त्यो भन्दा बाहिर गएर काम गर्ने कोही कसैलाई पनि नछाड्ने निर्णय भएको नगरप्रमुख थापाले बताए ।

रातको समयमा अबैध उत्खनन् र टिप्परको आंतकको विरोधमा स्थानीयबासीले टिप्परलाई नियन्त्रणमा लिएको भिमाद नगरपालिका–४ का वडाध्यक्ष डम्बर बहादुर रानाले जानकारी दिए ।

टिप्पर रोकेपछि स्थानीयहरुले बाँदरकुनामा उत्खननको लागि प्रयोग भएका एक्साभेटर र जेसिभी नियन्त्रणमा लिएका थिए । स्थानीय बासिन्दा बाँदुरकुना पुग्दा एक्साभेटर र जेसिभीका चालकको भागदौड समेत मच्चिएको उनले बताए ।

उत्खननको बिषयमा कार्यापालिका बैठकमा कुरा चलेपछि नगरपालिकाको एक टोलीले स्थलगत अनुगमन गरेको थियो । भिमाद नगरपालिकाको बाँदरकुनामा रातको समयमा उत्खनन गरेको खबर आएपछि स्थलगत बुझ्नका लागि नगरपालिका कार्यालयबाट अनुगमन गएको हो ।

अनुगमनमा क्रममा कुनै पनि सवारी साधन नभेटिए पनि एक्साभेटर प्रयोग गरी नदीदोहन गरेको देखिएको नगरप्रमुख थापाले बताए । उनका अनुसार अनुगमन टोलीले तयार गरेको स्थलगत रिर्पोटको आधारमा नगरपालिकाले कारबाहीको लागि प्रक्रिया अघि बढाइएको छ ।

स्थानीयबासीले प्रहरी प्रशासनको मिलोमतोमा उत्खनन् गरेको आरोप लगाएका छन । पटक पटक प्रहरी प्रशासनलाई उत्खनन् कार्यको बारेमा जानकारी गराउँदा पनि वेवास्ता गर्ने कार्यले प्रहरी प्रशासन माथि नै आर्थिक चलखेलमा उत्खनन् गरिएको स्थानीय बासिन्दाले शंका गरेका छन् ।

सेतीनदी दोहनले नदीको बहावमा समेत परिर्वतन हुनुका साथै वातावरणमा समेत असर पर्दै गएको छ । अबैध उत्खनन् र टिप्पर आंतकले स्थानीय बासिन्दाले दैनिक सास्ती भोग्नुपरेको वडाध्यक्ष रानाले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button