व्यास नगरपालिकाको प्रमुख सल्लाहकारमा प्रा डा वैद्य

दमौली खबर संवाददाता
चैत ९

ब्यासनगरपालिकाको प्रमुख सल्लाहकारमा पशुपति अन्नपूर्ण आश्रम काठमाडौंका अध्यक्ष प्रा डा जगदीश बैद्यलाई नियुक्त भएका छन् । नियुक्ति पश्चात प्रमुख सल्लाहकार बैद्यले आफ्नो मन्तव्यका क्रममा मादक पदार्थ र सुर्तीजन्य पदार्थ सेवनबाट ब्यक्तिमा शारीरिक, मानसिक र संवेगात्मक असर पर्न जाने बताए । उनले उक्त आनीबानीले मानिसको शरिरका अंगहरु दिमाग ,फोक्सो ,ब्रेन ट्युमर, नाक, कान, घाँटी, मुटु, छातीमा निकोटीनको मात्र बड्दा अकालमै ज्यान जाने हुदाँ मादक पदार्थ र सुर्तीजन्य पदार्थको सेवन घातक हुने बताए । उनले प्रशिक्षण दिदै अशिक्षा ,बेरोजगारी र गरिबीका कारण दैनिक सुर्तीजन्य र मादक पदार्थ सेवनका कारण ज्यान गुमाउनु परेका घटना बारे स बिस्तार वर्णन समेत गरे ।

सोही अवसरमा नेपाल सरकारका पूर्व सह–सचिव लवप्रसाद त्रिपाठीले पशुपति अन्नपूर्ण आश्रमले दैवीप्रकोप तथा आपतकालीन अवस्थामा परेका स्थानहरुमा गई खाद्यान्य, लत्ताकपडा र आर्थिक सहयोग प्रदान गरेर नेपाली समाजलाई अविष्मरणीय योगदान पुर्याएको बताए ।पशुपति अन्नपूर्ण आश्रमका केन्द्रीय सहसचिव एवम् प्रेस समिति अध्यक्ष के वि सम्राटले आश्रमले वि स २०३५ सालदेखि प्रत्येक बर्ष १ सय ८ पंचधातुको घण्ट र सरस्वतीको मुर्ति राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विश्वविद्यालयहरु, मठ्मन्दिर, देवालय, शक्ति पिठ, वृद्ध आश्रमहरुमा हस्तान्तरण गर्दै आएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button