कोरोनाबाट सुरक्षित हुन प्रेस युनियनको आग्रह

दमौली खबर संवाददाता
चैत ९

नेपाल प्रेस युनियन तनहुँ शाखाले कोरोना भाईरसबाट सचेत रहन र सचेतना जगाउने कार्यमा क्रियाशिलता बढाउन सञ्चारकर्मीलाई आग्रह गरेको छ । शनिबार दमौलीमा बसेको बैठकले सञ्चारकर्मीहरु समाचार सङ्कलनका क्रममा धेरै मानिससँग प्रत्यक्ष ÷अप्रत्यक्ष रुपमा सम्पर्कमा स्वएम् सजक रहन, सम्बद्ध सस्थाहरुमा सचेतना मुलक समाचार सम्प्रेषण गर्न माक्स, सेनिटाईजर एवं दैनिक उपभोग्य वस्तुहरु ग्यास, खाद्यप्रद्धार्थहरु कालो बजारी जस्ता सर्वसाधरणलाई मार पर्ने गतिविधी भए खबरदारी गर्न आग्रह गरिएको छ ।

यसैगरी वैठकले युनियनमा रिक्त रहेको जिल्ला सदस्यमा अमृत लम्साललाई मनोनित गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु शङ्कर भण्डारी तरुण विभागको प्रमुखमा, गोविन्द भट्टराई जन सम्पर्क विभागको प्रमुखमा, धुव्र वाग्ले आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीको अध्यक्षतामा बसेको बैठकले नेपाल प्रेस युनियन तनहुँ शाखाको सल्लाहकारमा पूर्व अध्यक्षहरु सूर्यचन्द्र वस्नेत, प्रदिप काफ्ले ऋषीराम प्रोख्रेल, डम्बरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष ओमकार आचार्य, अध्यक्षका प्रत्यासी पवन पौडेललाई चयन गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button