सात सय ५० जना क्षमताको तनहुँ सभाहल निर्माण हुदै

दमौली खबर सम्बाददाता
चैत ५ , दमौली ।

गण्डकी प्रदेशकै ठुलो आयोजनाको रुपमा रहेको तनहुँ सभाहलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सदरमुकाम दमौली स्थित व्यासनगरपालिका–३ बिपीबन बाटिकामा निर्माण गरिएको तनहुँ सभाहल सात सय ५० जना क्षमताको रहेको छ ।
उक्त भवनको ईटाको गारो लगाउने कार्य सम्पन्न गरी प्लाष्टरको कार्य थालिएको छ ।

करिब छ हजार पाँच सय स्क्वीयर फीट क्षेत्रफलमा निर्माण गरिएको उक्त भवनको दुई ब्लकमा निर्माण गरिएको हो । भवनको लम्बाई ७५ र चौडाई ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । चार ढलानको उक्त भवनको भुई ढलानमा सवारी पार्किङ,दोस्रो तल्लामा स्टेज,तेश्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम कक्ष लगायतका सुविधा रहेका छन् । भवनको करिब तीस प्रतिशत काम बाँकी रहेको छ । प्लाम्बीङ,बिजुली,पानी जडानको साथै फिनिसिङ गर्ने कार्य बाँकी रहेको श्री डाँफे एम.ए.प्रतिष्ठा जे.भि. का साइड सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए ।
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा भवन निर्माण कार्य अघि बढाइएको हो । भवन निर्माणमा नेपाल सरकार र बिदेशी दाताको संयुक्त कोष रहेको बताइएको छ । रु.२३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ लागतमा निर्माणधिन उक्त भवनको श्री डाँफे एम.ए.प्रतिष्ठा जे.भि.काठमाण्डौले निर्माणको जिम्मा पाएको छ । विसं ०७४ पौष १३ मा सम्झौता गरी विसं ०७७ असार १३ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।
सम्झौता अनुरुप भवन निर्माण सम्पन्न गर्ने गरी कार्य अघि बढाइएको घिमिरेले बताउनुभयो । अहिले दैनिक २० जना कामदारले काम गर्दै आएका छन् । उनले भने ‘समय अवधि भित्र नै सम्पन्न गर्न कोशिस गरिरहेका छौ ।’े

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button