जब आमाले चितुवाको पञ्जा बाट छोरीलाई मुक्त गरिन्

दमौली खबर सम्बाददाता
चैत ५ , दमौली ।तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ३ मा २१ महिने वर्षिय शिशुलाई चितुवाको पञ्जा बाट छोरीलाई मुक्त गर्न आमा सफल भएकी छिन् । सोमबार राती आफनै घरको आँगनमा खेली रहेकी शिशुलाई चितुवाले आक्रमण गरेर लैजान खोजेको थियो । आमा ईन्दिराले बाथरुममा कपडा धुने क्रममा रहेकी थिईन् । छोरीलाई जंगलबाट आएको चितुवाले आक्रमण गरेको थाहा पाएपछि हारगुहार गरी चिच्याएर आमा ईन्दिराले चितुवाको पञ्जा बाट आफनी छोरीलाई मुक्त गर्न सफल भएकी हुन् । चितुवाले आक्रमण गर्दा शिशु घाईते भएकी छिन् ।
घाइते भएकी बालिकाको उपचारका लागि तनहुँ सेवा अस्पताल दुलैगौडा लगिएकोमा थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पोखरा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
यसैगरी गत पुस १३ गते पनि सोहि वडाको वनकेवा रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपालीलाई घरकै पिढीँबाट चितुवाले आक्रमण गरी लगेको थियो । भोलिपल्ट घरभन्दा एक किलोमिटर पर ढाङढुङे ठूलोपाखा श्यामपोखरी सामुदायिक वनमा बालकको शव क्षतविक्षत अवस्थामा भेटिएको
थियो ।
चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका ३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका ४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, गत सालको मङ्सिर १५ गते भानु नगरपालिका२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका २ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका १ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका २ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ । त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी वडा नं ३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका १ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं ४ लोहिपाखाका १० वर्षीय इश्क सुनारको मृत्यु भईसकेको छ ।
विभिन्न क्षेत्रमा थापिएको पासोमा केही चितुवाहरु परेका छन् भनेकही मृत फेला परेका थिए । जंगलमा आहाराको कमीको कारणले गर्दा चितुवाले मानवबस्तीमा आक्रमण गर्ने गरेको विज्ञहरु बताउन्छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button