खुकुलो बनेको लकडाउन पहुँच नहुनेहरुका लागि महंगो बन्दै, एक महिला बाटैमा सुत्केरी

 

सविन लामिछाने

सरकारले केही हद सम्म खुकुलो पारेको लकडाउन पहँुच नहुनेहरुको लागि महँगो बन्न थालेको छ । शुक्रबारको दिन बन्दिपूर गाँउपालिका वडा नं ५ कल्चोकी २८ वर्षिय ज्योती सुनारलाई एक्कासी ब्यथाले च्याप्यो । उनको अफान्तले उनलाई अस्पताल सम्म लैजानको लागि एम्बुलेन्सलाई सम्र्पक गर्न खोजे, तर एम्बुलेन्सहरुले आफु व्यस्त रहेको भन्दै अन्यलाई सम्र्पक राख्न सुझाब दिए । विश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विरुद्ध सरकारले चैत ११ गते देखि जारी लकडाउन केही हद सम्म खुकुलो पार्नको लागि सरकारले निजि सवारी साधनलाई चल्न अनुमती दियो । तर सुनार सँग कुनै आफनो निजि सवारी साधन नभएको कारण उनि हिडेर नै अस्पताल पुग्नु पर्ने बाध्यत्मक परिश्थिति सृजना भयो । अस्पताल सम्म पुयाउने सवारी साधन नपाएपछि उनि हिँड्दाहिँड्दै बाटोमै सुत्केरी भईन। उनको घर बाट अस्पताल झन्डै १२ कि.मी टाढा पर्छ ।

आफनो घर बाट बन्दिपूर अस्पतालमा आउदै गर्दा बन्दिपूर गाँउपालिकाको गोरेटो बाटोमा लागेपछि बच्चा जन्मिएको सुत्केरीसँगै आएकी उनको कान्छी सासु आमा सावित्री सुनारले बताईन् । उनले भनिन्, “यस्तो परिस्थितीमा पनि बुहारीले नातीनी जन्माईन् । ” सुत्केरी भएको स्थान प्रसुती गृह बाट झण्डै चार कि.मि टाढा पर्छ ।

बच्चा जन्मिएको खबर आउनासाथ स्थानिय युवा तथा महिलाहरुको समन्वयमा उनको उद्धार गरिएको छ । बाटो बाट सिधै आमा र बच्चालाई घर ल्याइएको छ। बच्चको अवस्था सामान्य भए पनि आमालाई केही असजिलो भएको परिवारिक स्रोतले जनाएको छ ।आमाको अवस्था राम्रो रहेको हुनाले उनले बाटो मा नै बच्चा जन्माउन सकिन् । तर आमाको अवस्था राम्रो नभएको भए अकाल मै आमा र बच्चाको ज्यान जाने थियो । बन्दाबन्दीको समयमा आफु सँग निजि गाडी नभएको र पहँुच वाला व्यक्ति नभएको कारण यसो समस्या भोग्नु परेको उनि बताउन्छिन् । सरकारले केही हद सम्म खुकुलो पारेको लकडाउनले आम सर्वसाधरण भने अप्ठारो पारेको छ । यो अवस्था यहाँ मात्र नभएर देशको ग्रामीण क्षेत्रमा पनि रहेको छ । जसका कारण सुत्केरी आमा र बच्चा लाई मुत्युको मुखमा पुगेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button