सामाजिक सेवा दिवसमा कोरोना संक्रमितलाई फलफुल प्रदान

४१ औं सामाजिक सेवा दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ तनहँु शाखाको आयोजना तथा इन्सेक लगायत विभिन्न संघ संस्थाहरुको सहयोगमा दमौली अस्पतालद्वारा सन्चालित आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितलाई बुधबार फलफुल प्रदान गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँु, ग्रामिण शसक्तिकरण समाज तनहँु र संयुक्त दलित उत्थान मन्च तनहँुको सहयोगमा सो फलफुल प्रदान गरिएको हो । गैरसरकारी संस्था महासंघ तनहँुका निवर्तमान अध्यक्ष एवं गन्डकी प्रदेश सदस्य रामलिला सुवर्णकार र इन्सेक प्रतिनिधि एवं गैसस महासंघका जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराईले दमौली अस्पतालका अध्यक्ष प्रदिपराज अधिकारीलाई सो फलफुल हस्तान्तरण गरेका थिए । सो अवसरमा ३० किलो स्याउ र ६ दर्जन केरा आइसोलेसनमा प्रदान गरिएको थियो ।

‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखकोलागि सामाजिक रुपान्तरण र उद्यमशिलता भन्ने मुल नाराका साथ कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै यस वर्षको समाजिक सेवा दिवस जिल्ला स्तरमा फलफुल वितरण गरेर मनाईएको गैसस महासंघ तनहँुका अध्यक्ष भट्टराईले बताए । सो अवसरमा दमौली अस्पतालका अध्यक्ष प्रदिपराज अधिकारीले दमौली अस्पतालद्वारा सन्चालित आईसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई फुलफुल प्रदान गरेकोमा महासंघ तथा सहयोगी संस्थाहरुलाई धन्यवाद दिए । सो कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ तनहँुका सदस्य अनिल पाण्डे र पत्रकार राजकुमार श्रेष्ठको पनि सहभागिता रहेको थियो । सो आइसोलेसन सेन्टरमा अहिले २२ जना कोरोना संक्रमित छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button