व्यासको निर्देशिका र कार्यविधि पारित

व्यास नगरपालिकाले तीन निर्देशिका र कार्यविधि पारित गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नियमित बैठकले एक निर्देशिका र दुई कार्यविधि पारित गरेको छ । पारित भएकामा व्यास नगरपालिका विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७, व्यास नगरपालिका सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन कार्यविधि २०७७ र व्यास नगरपालिका लैङ्गिक हिंाि कोष सञ्चालन कार्यविधि २०७७ रहेका छन् । त्यस्तै नगरपालिकाले नगर भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरु असोज ११ गते देखि सञ्चालन गर्न अनुमति दिएको छ ।

विद्यालय सञ्चालन गर्दा नगरपालिकाले जारी गरेको निर्देशिका बमोजिक मापढण्ड पूरा गर्न आग्रह गरिएको छ । त्यस्तै सरकारबाट नगरपालिकालाई प्राप्त ५ बेडको अस्थाई अस्पताल स्थापना गर्न तत्काल व्यास १० दुम्सी बजार स्थित आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गर्ने निर्णय भएको छ । साथै नगरस्तरीय अस्पतालका लागि पूर्वधारको अध्ययन गर्न उपप्रमुख मिरा जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत,दमौली अस्पतालका प्रमुख चिकित्सक,नगरपालिकाका शहरी पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख र सदस्या सचिवमा व्यासका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख रहेका छन् । उक्त समितिलाई असोज महिना भित्र प्रतिवेदन दिन प्रस्तुुत गर्न आग्रह गरिएको छ । त्यस्तै दशैं बजार व्यवस्थापन गर्न व्यास ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय,गुणस्तर मापन कार्यालयको प्रयोगशाला र शित भण्डार निर्माणका लागि जग्गा व्यवस्थापन गर्न सम्बद्ध सबै पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । त्यस्तै विपत्बाट क्षतिग्रस्त पुल, कल्भर्ट,बाटाहरु पुनःस्र्थापन ागर्न प्रकृया अगाडी बढाउने निर्णय गरेको छ । कोरोनाको जोखिमलाई मध्येनजर गदै दशैंमा विदेशबाट आउने नगरबासीलाई सुरक्षीत राख्न आवश्यक क्वारेण्टिनहरु स्थापना गर्न सामुदायिक भवनहरु उपलब्ध गराउन सम्बन्धी निकायलाई आग्रह गरिएको छ । साथै कोरोनाको प्रभाव बढ्दै गएकाले नगरपालिकाले नगरबासीलाई सुरक्षीत र सावधानी अपनाउन आग्रह गरिएको प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button