महिला शशक्तीकरण संचार समाज गठन

तनहुँका महिला संचारकर्मीहरुको बुधबार दमौलीमा सम्पन्न एक भेलाले महिला शशक्तीकरण संचार समाज गठन गरेको छ । भेलाले प्रकृति खनालको अध्यक्षतामा १३ सदस्यीय प्रारम्भिक कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा बिमला दवाडी, द्वितीय उपाध्यक्षमा शिला वाग्ले, सचिवमा अञ्जु दाहाल, कोषाध्यक्षमा सुनिता आचार्य र सह सचिवमा ममता गुरूङ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सम्झना रसाइली,आजिमा खातुन, बिन्दु नैनाबस्ती, कोपिला सुनार, मनु सापकोटा, शर्मिला वि.क र अस्मिता खनाल रहेका छन् ।

जिल्लामा रही संचारक्षेत्रमा समन्वयत्मक हिसाबले यस क्षेत्रमा लागेका सम्पूर्ण महिलाहरूको पेसागत तथा कार्यक्षमता अभिवृद्धिमा गराउने हेतुले संस्था गठन गरिएको नवनिर्वाचित अध्यक्ष खनालले बताईन् । समाजले तनहुँ कार्यक्षेत्र बनाई संचार संस्थासंग आवद्व महिलाहरूको हकहितमा काम गर्ने सचिव अञ्जु दाहलले जानकारी दिईन् । समाजको आगामी बैठकबाट तनहुँका प्रत्येक स्थानीय तहमा संयोजक तोकी शशक्तिकरणका कार्यक्रमहरू प्रभावकारी तवरले शुरू गर्ने दाहालको भनाई छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button