२२ बर्ष देखि फरार प्रतिवादी पक्राउ

दमौली

तनहुँको प्रहरीले २२ बर्षदेखि फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ३ बस्ने लक्ष्मण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ । श्रेष्ठलाई सवारी ज्यान मुद्दामा चितवन जिल्ला अदालतले २०५५÷०३÷१४ गतेको एक वर्षको कैद सुनाएको थियो । तर सजाय नकाटी उनि हाल सम्म फरार रहेका थिए । फरार प्रतिवादीहरु खोज गर्ने क्रममा मंगलबार उनकै घरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिई उनलाई जिल्ला अदालत समक्ष पेश गरि तोकिएको कैद भुक्तान गर्नको लागि तनहुँ जिल्ला कारागारमा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

यस्तै प्रहरीले लागुऔषधी गाजा सहित चार जनालाई पत्राउ गरेको छ । सवारी चेकजाँच गर्ने क्रममा मुग्लिङबाट आँबुखैरनी तर्फ आउदै गरेको ग १५ प ६६४० नं. मोटरसाइकलमा लुकाई ल्याएको दुई किलो तिन सय ग्राम गाजा सहित ओसार पोसारमा सम्लग्न मुस्कान पंगेनी , तेज बहादुर गुरुङ, रुपेश गुरुङ र आकाश गुरुङलाई समेत पक्राउ गरि अदालतमा पेश गरिएको छ । अदालतबाट म्याद गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button