पत्रकारलाई प्रेस ज्याकेट

दमौली

युनेस्को क्लबले जिल्लाका क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट (एप्रोन) प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारलाई क्लबले प्रेस लेखिएको ज्याकेट प्रदान गरेको हो । मंगलबार व्यास नगरपालिकाको भवनमा भएको कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले पत्रकारलाई ज्याकेट हस्तान्तरण गरेका हुन् । महामारीका क्रममा जोखिम मोलेर काम गरिरहेका पत्रकारको मनोवल बढाउनका लागि प्रेस ज्याकेट उपलव्ध गराइएको दमौली युनेस्को क्लबका अध्यक्ष प्रदिप काफ्लेले बताए । तनहँुमा क्रियाशिल रुपमा काम गदै आईरहेका ४६ जना पत्रकारलाई प्रेस ज्याकेट सँगै मास्क, सेनिटाईज र हेडकबर वितरण गरिएको उनले बताए ।

वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानले अहिले व्यास नगरपालिका पत्रकार मैत्र बनेको बताए । उनले अहिलेको अवस्थालाई मध्ये नजर गदै नगरपालिकाले पत्रकारहरुको लागि पनि विभिन्न प्याकेजहरु ल्याएको बताए । त्यस्तै कार्यक्रममा पत्रकार महासंघ तनहँ्ुका अध्यक्ष ओमकार आर्चायले जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिरहेका पत्रकारलाई सावधानी अपनाएर आफनो कार्य गर्नु पर्ने बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button