स्वास्थ्यकर्मी माथी हातपात गर्ने दरै प्रहरी नियन्त्रणमा

व्यास नगरपालिकाको स्वास्थ्य शाखा कर्मचारी हे.अ हरिश्चन्द्र न्यौपाने माथि हातपात गरेको आरोपमा व्यास १ भादगाँउ निवासी भक्त बहादुर दरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउसो दरैले नगरपालिकाको कर्मचारीलाई अभद्र व्यवहार गरेर शाखाको कम्पुटर लगाएतको सामग्री तोडफोड गरि क्षति पु¥याएको नगरपालिकाले जनाएको थियो । दरैले नगरपालिकाको स्वास्थ्य शाखामा गएर मास्क र पन्जा मागेको र त्यसै बिषयमा बिवाद भएर घटना भएको थियो । घटना भए लगतै उनलाई नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यलय तनहुँमा निवेदन परेको थियो । निवेदन परे पछि उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धन भइ रहेको तनहुँ प्रहरी प्रवक्त एबम प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले दमौली खबरलाई बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button