पूर्वगृहमन्त्री जोशी गृह जिल्लामा भेटघाट गर्न जोशी निवासमा कार्यकर्ताको भिड

दमौली खबर संवाददाता
दमौली, असोज २ ।  नेपाली काँग्रेसका पूर्व  सहमहामन्त्री तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी आईतबार जिल्ला गृह जिल्ला आउनु भएको  छ । मंसीर ४ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरी चुनावी अभियान तथा  भेटघाटको लागि कार्यकर्ता भेटघाट र मतदातासँग मत माग्नको लागि जोशी गृह जिल्ला आउनु हुने भएको हो । भेटघाट गर्न जोशी निवासमा कार्यकर्ताको भिड लागेको छ ।
     नेता जोशीले आज नेपाली काँग्रेस जोशी समुह स्वतन्त्र अभियान अन्तर्गत जिल्ला अभियानले दमौलीमा गर्ने भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी रणनीति प्रचारप्रसार समुहका कार्यकर्तालाई क्रियाशिल बनाउन जिल्ला संयोजक हरिशरण पण्डितले भेला डाक्नु भएको नेपाली काँग्रेस जोशी समुह स्वतन्त्र अभियानका महासचिव कमलभक्त पोख्रेलले जानकारी दिनुभयो ।
सो समुहले संघ तथा प्रदेश निर्वाचनको तयारीको सम्बन्धमा कार्यकर्तासँग राय, सुझाव  तथा परामर्श गरिसकिएको  छ । नेपाली काँग्रेस पार्टीको वर्तमान नेतृत्वले तय गरेको निर्वाचन सम्बन्धि चिन्तन, गठबन्धन र कार्यशैली प्रति असतुष्टी जनाउँदै आउनु भएको विकास प्रेमी एवं राजनीतिज्ञ जोशी आफै तनहुँ १ बाट निर्वाचनमा उठ्ने घोषणा गरिसक्नु भएको छ । वीपीको विचार, आर्दश र सिद्धान्तमा वर्तमान काँग्रेस नेतृत्वमा हिड्न नसकेको गंभिर आरोप लगाउनु भएका नेता जोशी आफूलाई विपीको सच्चा अनुयायी ठान्नुहुन्छ ।
१८ वर्ष देखि सत्ता बाहिर रहनु भएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।सोही समयको नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button