बन्दीपुर केबलकारमा जुट्यो लगानी

पर्यटकिय नगरी बन्दीपुरमा निर्माणधिन बन्दीपुर केबलकारका लागि लगानी जुटेको छ । दक्षिण एशियामै नमूना प्रविधि सहित निर्माण हुन लागेको केबलकार परियोजनाका लागि नेपाल एसबिआई बैंक लिमिटेडको नेतृत्वमा एनएमबी बैंक समेतको समूहले बिहिबार लगानीको लागि सम्झौता गरेका छन् । नेपाल एसबिआई बैंकका काठमान्डौं शाखाका प्रमुख प्रबन्धक विनोद ढुंगाना र एनएमबी बैंक प्रोजेक्ट फाइनान्सका प्रमुख विशाल थापाले लगानीको लागि सहमतिपत्रमा हस्ताक्षर गरे ।

बन्दीपुर केबलकार प्रालीले केबलकार तथा अन्य संरचनाका निर्माणका लागी एक अर्ब ६६ करोड ८९ लाख रुपैयाँ लागतको अनुमान गरेको छ । यसअन्र्तगत पहिलो चरणमा ७० करोड रुपैयाँ लगानीका लागि सहमति जुटेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनले भने,‘आगमी असोज मसान्तभित्र पहिलो चरणको लागि ७० करोड रुपैयाँ व्यवस्थापन गरिएको छ । बाँकी रकम पनि दुवै बैंकले दोश्रो चरणमा लगानी गर्नेछन् ।’ एक अर्ब पाँच करोड बढी लगानीसँगै कम्पनीले केबलकारसहित रेष्टुरेन्ट र मनोरञ्जनका अन्य संरचना पनि निर्माण हुने जनाईएको छ ।

परियोजना अन्र्तगत केबलकारबाट व्यवसायिक रुपमा खुल्ला गरिदैछ । । चार तारे होटेलमा प्रवेशको सुर्योदय, सिसाको महल, वाक्स म्युजियम, प्लानेटरियम, भुत बंगला तथा भ्युज रुमसँगै एक हजार पर्यटक अट्ने क्षमताको सम्मेलन केन्द्र, स्विमिङ्ग पुल र ६६ कोठाको होटेल पनि निर्माण गर्ने बताईएको छ । कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बञ्जी जम्प, अग्लो मेकानिकल स्विंग, म्युजिकल वाटर शो समेत बनाउने तयारी गरेको छ । ती बैंकले यसका अलवा होटल सहितको पूर्वाधारलाई सञ्चालनमा ल्याउने गरि थप ३५ करोड रुपैयाँ कर्जा सुनिश्चिता गरेको प्रालीले जनाएको छ ।

परियोजनाका लागि लगानीकर्ताका तर्फबाट आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेडले ६१.५ प्रतिशत, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले २५.५ र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४.५ प्रतिशत लगानी हुनेछ । हाल बन्दीपुर गाउँपालिकामा केबलकारको संरचना निर्माणको काम भैरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button