छिर्कनेबाट १९ जना जुवाडे पक्राउ

जिल्लाको व्यास नगरपालिका– १२ छिर्कनेमा कुखुराको खोरमा जुवा खेलिरहेका १९ जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । बुधबार राती सादा पोशाकमा खटिएको प्रहरी टोलीले बेलघारीस्थित एक घरमा कौडा खेल्दै गरेका उनीहरु पक्राउ परेका हुन् । लाका प्रहरी कार्यालय भानुमुकामका प्रहरी निरिक्षक प्रकाश भुषालको कमान्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका ती जुवाडेको साथबाट तीन लाख १० हजार रुपैयाँ बरामद गरिएको छ । कौडा खालमा मोटो रकमको खेल भईरहेकाो भएपनि प्रहरीले तीन लाख १० हजार रुपैयाँ मात्र हात पारेको स्रोतले जनाएको छ । प्रहरीले पक्राउ गरेका सबैविरुद्ध मुद्दा दर्ताको तयारी गरेको छ । यसबारेमा विस्तृत विवरण पछि उपलब्ध गराउने प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button