लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ बुधबाट देशभर सुरु भएको छ । प्रदेश, जिल्ला र स्थानीय तहमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी सुरु गरिएको छ । तनहुँको व्यास नगरपालिकाले लैंगिक हिसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको बुधबार सुरु गरेको छ । अभियान शुभारम्भ कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले महिला हिंसा हुनै नदिने गरी महिलालाई सशक्त बनाउनुपर्ने आवश्यकता औल्याईन् । उनले महिला हिंसाका अपराधिलाई सरकारले पनि कडा भन्दा कडा कानुनी सजायको व्यवस्था गर्नुपर्ने बताईन् ।

मुलकुमा संघियता लागू भएसँगै महिला नेतृत्वमा पनि उल्लेखिए वृद्धि भएको उनको भनाई छ । उनले भनिन्, ‘महिला हिंसा हुन नदिन वडा तहसम्म महिलाा शसक्तिकरणको अभियान सरकारले संचालन गरेको छ । अझै प्रभावकारी ढंगले अगाडी बढाउन लाग्नुपर्ने देखिन्छ । गण्डकी प्रदेशसभाकी अर्की सरीता गुरुङले संविधानले स्थानीय सरकारलाई पूर्ण अधिकार दिएको उल्लेख गर्दै महिला हिंसा हुन नदिन सशक्त अभियान सञ्चालन स्थानिय तहबाट भएको बताईन् । उनले महिला हिंसा केन्द्र सरकारको प्रयासमा मात्रै अन्त्य हुन नसक्ने भन्दै सबै पक्षको साथ सहयोग चाहिने बताईन् । सो कार्यक्रममा सुरक्षाका नीतिहरू अपनाई गर्न सकिने कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै ब्यास नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मिरा जोशीले लैंगिक हिंसा न्युनीकरणका लागि नीतिगत तहदेखि कार्यान्वयन तहसम्मका सरोकारवाला निकाय, स्वयं हिंसा पीडित वर्ग, नागरिक समाज, समाजसेवी एकजुट भएर लाग्नुपर्ने धारणा राखिन् । जोशीले १६ दिने अभियान सफल पार्न सबै क्षेत्रको साथ, समर्थन र सहकार्यको अपेक्षा गरेको बताईन् । कार्यक्रममा हिंसा विरूद्व काम गरेका केही संस्थालाई परिचालन गर्दै नगरपालिका परिसर लगायत अन्य स्थानमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गराईयो ।

सरोकारवाला निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, लैंगिक विभेदका विरूद्वमा काम गर्ने संघसंस्था, पत्रकार लगायतको उपस्थितिमा मङ्गलबार ब्यास नगरपालिकाले कार्यापत्र प्रस्तुत गरेको हो । यस वर्षको लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको नारा ‘ लैगिंक हिंसाको अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने तय गरिएको छ ।विश्व समुदाय नै कोरोनाको प्रभावले आक्रान्त बनेका बेला लैंगिक हिंसाको शिकार हुनेको संख्या पनि बढ्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरु बताउँछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button