चिसोमा जेष्ठ नागरिकलाई सिरक डसना

यतिखेर मंसिरको दोस्रो साता चलिरहेको छ । दैनिक चिसो बढीरहेको बेला आँबुखैरेनी गाउँपालिकामा भने जेष्ठ नागरिकलाई न्यानो सिरक डसना वितरण गरिएको छ । चिसोबाट जोगाउन गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले २० जना बृद्धबृद्धालाई सिरक डसना वितरण गरेको हो । बुधबार आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा अध्यक्ष पञ्चबहादुर गुरुङले वितरण गरेका हुन् । वडाका ७० वर्ष उमेर नाघेका लक्षित समूह अन्तर्गतका दलित, चेपाङ र अपाङ्गता भएका बृद्धबृद्धाहरुलाई १÷१ थान सिरक डसना वितरण गरिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button