शिव पुराण बोलबम महोत्सवबाट ३० लाख बढी सङ्कलन

दमौली खबर संवाददाता
दुलेगौंडा, २९ साउन ।  तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा आयोजित शिव पुराण बोलबम महोत्सवबाट ३० लाख बढी सङ्कलन  भएको छ ।
 धामको भौतिक पूर्वाधार निर्माणमा मद्धत पु¥याउने उद्धेश्यले आयोजित महोत्सवमा सो रकम सङ्कलन भएको हो । गत १६ गतेदेखि २३ गतेसम्म धाम परिसरमा आयोजना गरिएको बोलबम महोत्सवबाट भएको आम्दानी आयोजकले शनिबार  सार्वजनिक गरेको हो । महोत्सवको आर्थिक संकलन उपसमितीका संयोजक शिव गर्ताैलाले ३० लाख ५६ हजार ५८३ रुपियाँ आम्दानी भएको जानकारी दिनुभयो । महोत्सव सम्पन्न गर्न १२ लाख ५८ हजार ९२० रुपैयाँ खर्च सार्वजानिक कार्यक्रममा जानकारी दिईयो ।
भागवत मञ्जरी राधिका दासि महाराजबाट शिव पुराण वाचन गराइएको धार्मिक महोत्सवबाट संकलित रकमले प्रबेशद्धार, कम्पाउण्ड, शवदह स्थल, बृद्धाश्रम लगायतका संरचना निर्माण गरिने धाम विकास समितिले जनाएको छ । यस अघि संरक्षण गरिएको धामको जमिन समित विभिन्न व्यक्तिबाट अतिक्रमण हुन थालेकाले सिमाङ्क लगायतका कार्य गर्न संकलित रकम खर्च हुने समितिका सचिव दुर्गादत्त सापकोटाले जानकारी दिनुभयो ।
 समितिका अध्यक्ष सुमेन्द्र लालचनको अध्यक्षतामा भएको कार्यक्रममा धार्मिक महोत्सव सम्पन्न गर्न भूमिका खेल्नेहरुलाई धन्यवाद समेत व्यक्त गरिएको थियो । सो धाममा निर्माण गरिएको कृत्रिम हिमालले धार्मिक पर्यटकको आकर्षण गर्ने गरेको छ । कृत्रिम हिमाल निमार्ण गरेपछि पर्यटकको पहिले भन्दा दोब्बर बढेको समितिले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button