परिवार सेवा समितिको अध्यक्षमा गोतामे विजयी

दमौली खबर संवाददाता
दमौली, साउन २९ गते । परियार सेवा समाज तनहुँको अध्यक्षमा अध्यक्ष पदमा गणेश कुमार गोतामे विजयी हुनु भएको छ । शनिबार दमौलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले सर्व सम्मत चयन गर्न नसकेपछि आइतबार भएको मतदान भएको थियो ।  गोतामेले ५९ मत ल्याएर विजयी हुनु भएको हो ।
कूल खसेको ७६ मतमा गोतामेले अत्याधिक मत ल्याएर बिजयी भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी रामबहादुर गुइदेलले १४ मत प्राप्त गर्नुभयो । नव गठित समाजको उपाध्यक्षमा लक्ष्मण सेवा परियार विजयी हुनु भएको छ ।  त्यसैगरी सचिवमा बुद्वकुमार परियार विजयी हुनु भएको छ  । सचिवमा तीन जना उम्मेद्वार बीच प्रतिस्पर्धा रहेकोमा तीनै जना उम्मेद्वार समान मत आएपछि गोलाप्रथाबाट परियार विजयी भएको समाजले जनाएको ।
त्यसैगरी कोषाध्यक्षमा लक्ष्मी परियार सर्वसम्वत र सहसचिवमा रमेश सेवा निर्वाचित हुनु भएको छ । जिल्ला भरीका गरी वाइस वटा इकाईबाट पदाधिकारीहरु चुनिएका छन् । समाजको नयाँ नेतृत्वले २१ सदस्यीय समिति चयन गरेको समाजले जनाएको छ । समाजका अनुसार पछि दुई जना सदस्य थप गर्ने गरी उक्त समिति चयन गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button