आदिवासी जनजाती महासंघ तनहँुको नयाँ कमिटि गठन

आदिवासी जनजाती महासंघ नेपाल तनहँुले जिल्ला भेला गदै नयाँ कमिटि विस्तार गरेको छ । शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता समेत रहेको खिमबहादुर कुमालको अध्यक्षतामा नयाँ कमिटि विस्तार गरिएको हो । कमिटिको उपाध्यक्षमा अमर राज थापा, रगबहादुर गुरुङ र कुलबहादुर भुजेल रहेका छन् । सचिवमा शेरबहादुर बोटे,सहसचिवमा बुद्धिमान खड्गी,कोषाध्यक्षमा रेवती देवी श्रेष्ठ रहेका छन् ।

महासंघका केन्द्रीय सदस्य समेत रहेका कुमालको अध्यक्षतामा ५१ नयाँ कमिटि विस्तार गरिएको छ । नेकपाको पार्टी कार्यालयमा भएको भेलालाई सम्बोधन गदै पार्टीका जिल्ला अध्यक्ष केदार सिग्देलले फागुन १५ गते पोखरामा हुने बृह्त भेलामा सहभागि हुन आग्रह गरे । कुमालको अध्यक्षतमा सम्पन्न उक्त भेलामा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने,जिल्ला पार्टी कार्यालयका सचिव राजेश्वर ढकाल,पार्टीका सचिवालय सदस्य प्रदिपराज अधिकारी लगायतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button