व्यासले बाड्यो किसानलाई अनुदानमा हाते ट्याक्टर

व्यास नगरपालिकाले किसानहरुलाई अनुदानमा हातेट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा १४ वटा हाते ट्रयाक्टर किसानलाई वितरण गरेको हो । जिल्लामा गोरु पाल्ने चलन घट्दै जाँदा खेतबारी बाँझो हुने क्रम बढेको छ । युवाहरु रोजगारीका लागि विदेश र गाउँका बृद्धबृद्धाले गोरु पाल्न छोडेपछि खेतीयोग्य जमिन बाँझो मा परिणत भएको हो । यसैलाई लक्षित गरि नगरपालिकाले किसानहरुका लागि होत ट्याक्टर उपलब्ध गराएको हो ।

हाते ट्रयाक्टर गोरुभन्दा धेरै सजिलो र छिटो हुने किसानको भनाइ छ । हातेट्याक्टर अनुदानमा पाएका व्यास ५ का बलबहादुर श्रेष्ठले भनेको समयमा गोरु नपाएकाले हातेट्याक्टर अनुदानमा लिएको बताए । उनले भने,‘आवश्यक परेको बेला हलगोरु पाईदैन । त्यसैले हातेट्याक्टर लिए अब सजिलो हुन्छ होला । ’ खेतीयोग्य जमिन बाँझो रहेकाले ती जमिनलाई फेरि खेतीयोग्यमा फर्काउनका लागि हातेट्याक्टर वितरण गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कृषि शाखा प्रमुख विश्वराजा वाग्लले किसानहरुको माग अनुसार प्रत्येक वर्ष हातेट्याक्टर अनुदानमा वितरण गदै आएको बताए । उनले भने,‘यस वर्ष २० जनाले हाते टयाक्टर माग गर्नुभएको थियो । अहिलेलाई १४ वटा ट्याक्टर आएको छ। बाँकी ट्याक्टर पनि छिटैनै आउछ । ’युवाहरु रोजगारीको लागि विदेश गएकोले पनि युवाहरुलाई स्वदेश फर्काई कृषि क्षेत्रमा अग्रसर गराउने योजना नगरपालिकाको रहेको उनले बताए । अघिल्लो वर्ष दुई पटक हातेट्याक्टर अनुदानमा वितरण गरिएको शाखाकी प्राविधिक प्रिया भण्डारीले जानकारी दिईन् ।

कोरोनाले गर्दा गत वर्ष समयमा नै हातेट्याक्टर वितरण गर्न नसकिएको उनले बताईन् । किसानको आवश्यकता र मागअनुसार नै नगरपालिकाले हाते ट्रयाक्टर उपलब्ध गराएको हो । आधुनिक र व्यवसायिक खेती प्रणालीमा अग्रसर गराउन किसानलाई आवश्यक औजार, तालिमको व्यवस्था गर्नुपर्ने किसानको माग छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button