आदिकवि भानुभक्त क्याम्पसलाई पूनः क्यूएए मान्यता प्राप्त

दमौली खबर संवाददता

दमौली, वैशाख १५

दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले पूनः गुणस्तर सुनिश्चितता तथा क्वालिटी एसुरेन्स एण्ड एग्रीडिटेशन (क्यूएए) मान्यता प्राप्त गर्न सफल भएको ।

विश्वबिद्यालय अनुदान आयोगको क्यूएए प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिकगुणस्तर सुनिश्तिता तथा प्रत्यायन परिषदको सिफारिसमा क्याम्पसले मान्यता पाएको क्याम्पस प्रमुख महाप्रसाद हडखलेले जानकारी दिनुभयो शैक्षिक,भौतिक तथा प्रशासनिक क्षेत्रमा उत्कृष्ट लगायतका कार्यको मूल्याङकनको आधारमा उक्त मान्यता पाइने व्यवस्था रहेको क्याम्पस प्रमुख हड्खलेले बताउनुभयो । करिब तीन हजार विद्यार्थी अध्ययनरत यस क्याम्पसमा विद्यालय तहदेखि स्नाकोत्तर तहसम्म पढाई हुदै आएको छ ।

देशभरका ७७ वटा क्याम्पसले क्यूएए पाएको छ । नेपाल सरकारको आंगिक क्याम्पसमध्ये चार वटाले मात्रै पाएको अन्य सामुदायिक क्याम्पसले पाएको छ । तनहुँमा दश वटा सामुदायिक अन्य पाँच वटा नीजि क्याम्पस रहेका छन् । सरकारी आंगिक यस क्याम्पसले दोस्रो पटक पनि क्यूएए पाउनेमा तनहुँको एकमात्र क्याम्पस आदिकवि भानुभक्त हो । उक्त क्यूएएपाएको पाँचसम्म यसको म्याद हुने भएको पुन पाउनको लागि प्रक्रियामा जानुपर्ने प्रावधान रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button