तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ

दमौली खबर संवाददाता

तनहुँ , १४ चैत तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ निर्वाचित हुनु भएको छ ।समाजको आठौं अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समाजको उपाध्यक्षमा रुम(रोशन) गुरुङ र सुबित गुरुङ चयन भएका छन् । त्यस्तै सचिवमा हेम थापा, कोषाध्यक्षमा कुश थापा, सहसचिवमा मदन थापा र सहकोषाध्यक्षमा नरेन्द्रसिंह रानालाई चयन गरिएको छ ।

समाजको सदस्यमा रुद्र गुरुङ ,भोज कुमार आले ,जगत प्रसाद थापा ,कुमार गुरुङ ,पोशन कुमार थापा ,बिपिन थापा ,हरी थापा, नबिन थापा ,होम आले ,भिम राना, बिष्णु थापा , सागर गुरुङ ,नरेश आले र लेख बहादुर भुजेल रहनु भएको छ ।

तनहुँ समाज हङकङका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा समाजका पुर्व अध्यक्ष यम थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । तनहुँ समाज हङकङ तनहुँबाट विभिन्न सिलसिलामा हङकङ पुगेका नेपाली युवाहरुको आवद्धतामा गठित संस्था हो । समाजले सन् १९९९ देखी नै तनहुँको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । शैक्षिक क्षेत्रबाट जिल्लामा सामाजिक कामको थालनी गरेको समाजले अहिले विभिन्न रोगबाट पीडित बनेका आर्थिक रुपले कमजोर व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । समाजले भुकम्पपछिको पूननिर्माण, बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडित, विभिन्न स्वास्थ्य समस्याबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button