पृथ्वीराजमार्ग निर्माणमा ढिलाई नगरौं

          राष्ट्रिय गौरवको राजमार्ग हो पृथ्वीराज मार्ग । यो राजमार्ग विस्तारको अन्तराष्ट्रिय स्तरको कम्पनीले ठेक्का समेत पाएको छ । तनहुँको म्याग्दे गाउँपालिकाकाको जामुने देखि कास्कीको पोखरा सम्मको संरचना हटाउनको लागि क्षतिपूर्ति वितरण कार्य धमाधम भईरहेको छ  ।
           अन्तराष्ट्रिय स्तरको कम्पनीबाट फराकिलो पार्ने काम भएकोले गुणस्तरको हुने र समयमा सकिने आशामा यसका उपभोत्ताहरु रहेका छन् । यो अपेक्षा र आशालाई निराशा बनाउन हुँदैन । काम गुणस्तरको भएको छ कि छैन भन्ने निमायक निकायले ध्यान दिएर अनुगमनलाई तिब्रता दिनु पर्छ । नेताहरुले पनि चासो राखेर समयमा नै काम गर्न दबाब दिनुपर्छ । सडक विस्तारको क्रममा साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक खण्डलाई चार लेन बनाउने क्रममा सो क्षेत्रको  १३८ वटा संरचना भत्काउनको लागि क्षतिपूर्ति वितरण सुरु गरिएकोले गति लिने आशा गर्न सकिन्छ । हटाउनु पर्ने १३८ मध्ये ४२ वटा घरलाई भत्काउन ४० लाख रुपियाँ क्षेतिपूर्ति वितरण भईसकेको  बताईएको छ ।  पश्चिम खण्ड अन्तर्गतका सडकसँग जोडिएका भौतिक संरचना हटाउन लागिएको छ ।
            उक्त संरचनाको प्रतिस्थापन तथा क्षतिपूर्तिका लागि योजनाले कूल रु दुई करोड ४५ लाख ३९ हजार ६३३ क्षतिपूर्ति रकम दिन स्वीकृत गरेको बताईएको छ । ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । जामुने–पोखरा पश्चिम खण्डको ३९ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले पाएको छ । मुग्लिन पोखरा सडक योजना (आँबुखैरेनी–जामुने) पूर्वी खण्ड रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । तनहुँको पूर्वी खण्डमा रु ५७ करोड भन्दा बढी खर्च भएको छ । जिल्लाको आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा एक वर्षको अवधिमा रु ५७ करोड चार लाख ४२ हजार ९६ खर्च भएको बताईएको छ । यो आयोजनालाई समयमा नै पुरा गर्न सरकारले वातावरण बनाउनु पर्छ भने स्थानीयले सकरात्मक मद्धत गर्नुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button