डढेलोबाट वन जोगाऔं

दमौली खबर संवाददाता

हाल सुख्या मौसम भएकोल यतिबेला देशभरीका वनमाहरुमा आगोलागी हुने क्रम बढेको । जलवायू परिवर्तनले गर्दा यसपटक वैशाखको आधा महिना पुग्दा समेत पानी कम परेकोले हरियाली बढ्न सकेको छ । यदी पानी प्रशस्त परेको भए हरियाली बढ्ने आगो लागेको पनि निभाउने हुँदा क्षति कम हुने थियो । हालको समय वन डढेकोको उच्च जोखिमको समय हो । सूकेका पात, खर, झाडी आदिमा आगो लाग्ने जोखिम यतिबेल धेरै हुन्छ । वनमा डढेको लाग्दा वन्यजन्तुको मृत्यु हुने, वासस्थान मासिने , कोपिला विरुवा मासिने मात्रै नभई ठुला ठुला रुखमा समेत क्षति पु¥याउने गर्दछ । चराचुरुङ्गी र वन्यजन्तु धेरैको मृत्यु समेत हुने गर्दछ । नेपाल वर्षेनी डढेलोले करोडौं रुपियाँ बराबरको क्षति पु–याउँछ, लाखौँ हेक्टर वनजङ्गल खरानी बनाउँछ, दर्जनौँ गाउँबस्ती सखाप पार्छ र सयौँ वन्यजन्तुको एउटै चिहान बनाउने सामथ्र्य राख्छ । सबैभन्दा ठूलो कुरा त डढेलो सुरु भएपछि नियन्त्रणबाहिर गएर आकलन गरिएको भन्दा धेरै धन, जन, वन र वन्यजन्तुको हानी पुग्दछ । यसले गर्दा पर्यावरणी सन्तुलमा नोक्सान पुग्दछ । विरुवा मासिने हुँदा पानीका मुलहरु सुक्ने जस्ता समस्या पनि निम्त्याउँछ । वनलाई ढडेलोबाट जोगाउनु हामी सबैको कर्तव्य हो । विशेष गरी वनमा आगो लाग्दा पुग्ने हानीका बारेमा जनचेनतालाई व्यापक पारिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button