मन्त्री विकद्धारा समाजसेवी स्वर्गिय नहर्कीको परिवारलाई भेट गरी समवेदना व्यक्त

दमौली खबर संवाददाता
दमौली, मंसिर १० । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले व्यास नगरपालिका–११ पोल्याङ निवासी समाजसेवी तथा नेपाली कांग्रेसका पुराना नेता स्वर्गिय रेशमलाल नहर्कीको परिवारलाई भेट गरी समवेदना व्यक्त गर्नु भएको थियो । मन्त्री विकले नहर्की  ५ औं दिन पुगेर स्वर्गिय नहर्कीको किरिमा बस्नु भएका धर्मपत्नि ससीकुमारी नहर्की, छोराहरु गणेशराज नहर्की भरतराज नहर्की, शंकरराज नहर्की भेट गरी लाई समवेदना व्यक्त गर्नु भएको हो ।
यसैगरी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाली कांग्रेसका क्षेत्रीय सभापति श्याम मौरती पनि काजकिरियामा बस्नु भएका नहर्की परिवारलाई भेट गरी समवेदना व्यक्त गर्नु भएको थियो । यस्तै गरी आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले, गितल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँको तर्फबाट अध्यक्ष आकाश अधिकारी लगायत, नेपाली लेखक संघका केन्द्रीय सदस्यहरु प्रदीप घिमिरे, गौकुमारी न्यौपाने, नेपाल रेडक्रस सोसाईटी बेलटारी उपशाखाका सभापति कृष्णप्रसाद तिवारी, बाह्मण समाज व्यास–१ बाट चन्द्रकान्त बास्तोला, मदन पण्डित, ट्रेड युनियन कांग्रेसका कार्यबाहक सभापति लोकराज सेढाई, पतञ्जली योग पिठका अर्जुन श्रेष्ठ लगायतले भेट गरी समवेदना व्यक्त गर्नु भएको थियो । ८४ वर्षिय नहर्कीको मंसिर ६ गते दमौली अस्पतालमा निधन भएको थियो । स्वर्गिय नहर्कीको स्थानीय मनकामना आश्रम, वसन्त आधारभूत विद्यालय, पोल्याङ खानेपानी योजना लगायतको निर्माणको योगदान दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button