पञ्चायतदेखीको माग मसिना खोलामा झोलुङ्गे पुल बन्दै

मसिना खोलाले तनहुँ र कास्कीको सिमाना छुट्याएको छ । दुई जिल्लालाई किनारा बनाएर बगेको खोलाको शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेत र पोखरा महानगरपालिका–३२ मझुवालाई जोड्न एउटा झोलुङ्गे पुल चाहियो भन्दै बनाईदिन स्थानियबासीले पञ्चायतदेखी नै माग गर्दै आएका थिए । तर, कहिल्यै पुरा भएन् ।  पञ्चायतपछि पनि विभिन्न शासन व्यवस्था फेरिएर अहिले मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको छ । तीन तहको सरकार खडा छ । पञ्चायतको मसिना खोलामा झोलुङ्गे पुल बनाइदिन गरेको माग बल्ल आएर प्रदेश सरकारले पुरा गरिदिन तत्परता देखाएको छ ।  गण्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालय अन्र्तगत बन्ने मसिना खोलाा झोलुङ्गे पुलको बुधबार गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले शिलन्यास गरिन् । उनले सरकारले पुर्वाधार बिकासलाई जोड दिइरहेको बताईन् । ‘आवश्यकता अनुसार पुर्वाधार बिकासमा सरकार लागी परेको छ ।

पुर्वाधार खडा हुदैँमा मात्र सम्बृद्धी हासिल हुदैन् । जनताले चाही उर्वर भुमीलाई प्रयोग गरेर कृषि उत्पादनलाई जोड दिन आवश्यक छ’, उनले भनिन् ।  एउटै निर्माण व्यवसायीलाई धेरैतिरको बिकास निर्माणको जिम्मा लागउने प्रवृतिले काममा ढिलासुस्ती हुने उनी बताउँछिन् । धेरैतिर ठेक्का लिएका निर्माण व्यवसायीले समयमै काम गरेकी गरेनन् भनेर राज्यले नियमन गर्नुपर्ने उनको धारणा छ । पुर्र्वमन्त्री समेत रहेकी कोईरालाले समयमै काम सक्न निर्माण कम्पनीसंगै स्थानिय उपभोक्ताले सक्रियता देखाउनुपर्ने उनको सुझाव थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button