दुई दिनमा थपिए ६५ संक्रमित

दमौली खबर
पछिल्ला दुई दिनमा तनहुँमा ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार ४४ र शनिबार २१ जना संक्रमित थपिएका हुन् । शुक्रबार २४ महिला र २० पुरुषमा संक्रमण पुष्टि भएको थियो । शनिबार १० महिला र ११ पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै शुक्रबार दुई संक्रमितको ज्यान गएको थियो । व्यास १२ का ५० वर्षीय संक्रमित पुरुष र शुक्लागण्डकी ६ का ६८ वर्षीय संक्रमित पुरुषको उपचारको क्रममा पोखरामा निधन भएको हो । शनिबार मुत्यु संख्या शुन्य रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button