बदर मत घटाउन तनहुँको पालिकाहरुमा धमाधम नमुना मतदान

दमौली खबर संवाददाता
तनहुँ, कात्तिक २१ गते । जिल्ला निर्वाचन कार्यालय तनहुँले बदर मतको सङख्या घटाउन तनहुँका पालिकाहरुमा धमाधम नमुना मतदान गर्न थालेको छ ।
 सोमबार तीन वटा पालिकामा गरिएको छ भने  जिल्लाको १० वटै पालिकामा नमुना मतदान गरिने कार्यालयले जनाएको छ । कार्यालयले सबन्धित पालिकाको समन्वयमा सोमबार जिल्लाको तीन वटा पालिकामा नमुना मतदान गरेको छ ।  मतदाता शिक्षाको अभावमा ‘बदर’ हुन सक्ने मतको संख्या न्युनीकरण गर्ने उद्देश्यले सोमबार म्याग्दे,  आँबुखैरेनी देवघाट गरी तीन गाउँपालिकामा नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।  नमुना मतदानबाट मतदातालाई मत कसरी खसाल्ने, सही ढंगले मत खसाल्ने तरिकाका विषय सिकाइएको थियो । साथै मतदानमा सहभागीले अपनाउनुपर्ने आचारसंहिता, मतदानस्थलमा प्रवेश गर्ने, बाहिर निस्कने, मतपत्रको बारे जानकारी गराइएको थियो ।
नमुना मतदानमा जेष्ठ नागरिक, महिल,ा अशक्त व्यक्तिको सहभागिता थियो । म्याग्दे गाउँपालिकाको गरिएको नमुना मतदानमा ४२ जना सहभागी भएको र दुई मत बदर भएको ढकालले जानकारी दिनुभयो । कार्यालयका अनुसार तनहुँमा मङ्गलबार बन्दीपुर गाउँपालिकामा नमुना मतदातान हुँदैछ । कात्तिक २३ गते व्यास नगरपालिकामा र कात्तिक २४ गते भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका गरी तीन पालिकामा हुँदैछ । शुक्लाण्डकी र भानु नगरपालिकाको मिति तोक्न बाँकी छ । ‘विगतमा भएका कमीकमजोरीलाई नदोहो¥याउन र मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतदान सहयोगी बन्ने विश्वास लिएका छौं’ निर्वाचन अधिकारीले ढकालले भन्नुभयो । निर्वाचन कार्यालयले ८५ वटै वडामा एसइइ उर्तिर्ण स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको निर्वाचन अधिकारी ढकाल बताउनुहुन्छ ।
 २०७४ को निर्वाचनमा तनहुँ–१ मा ५ दशमलव १२ प्रतिशत र २ मा ४ दशमलव ६६ प्रतिशत बदर भएकोले त्यसलाई मध्यनजर गर्दै वदर कम गर्न मतदाता शिक्षा वडा वडामा र पालिका स्तरमा नमुना मतदान कार्यक्रम राखिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।  प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउँदो मंसिर ४ गते देशैभर एकैचरणमा हुँदैछ । निर्वाचनका लागि तनहुँका सबै निर्वाचन सामग्री आईपुगेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button