घाईते थापाको उपचारका लागि सहयोग

दमौली खबर संवाददाता
मोटरसाइकल दुर्घटनामा परी बायाँ हात चुडिएकी ३० वर्षीय रेणु थापाको उपचारको लागि शनिबार ४० हजार ८ सय १० रुपैयाँ सहयोग गरिएको छ । बेनीपाटन टोल विकास संस्था, जनचेतना आमा समूह र ऋषिङ आमा समूहले थापाको उपचारका लागि रकम प्रदान गरिएको हो ।
बेनीपाटन टोल विकास संस्थाले ३० हजार ५ सय ३५, जनचेतना आमा समूहले ५ हजार १ सय ७५ र ऋषिङ मगर आमा समूहले ५ हजार १ सय रुपैयाँ सहयोग गरेका हुन । बेनी पाटन टोल विकास संस्थाका अध्यक्ष हेम पौडेल, जनचेनता आमा समूहकी अध्यक्ष पावर्ती गिरी, ऋषिङ मगर आमा समूहका अध्यक्ष छलिमाया थापाले संयुक्त रुपमा रेणु थापाकी श्रीमान रामबहादुर थापालाई सो रकम हस्तान्तरण गर्नुभयो  । टोलबाट संकलन भएको उक्त रुपैयाँ पीडितको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले उपलब्ध गराइएको बेनीपाटन टोल विकास संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो । घाइते थापाका श्रीमान रामबहादुर थापाले उक्त रकमले श्रीमतीको उपचारमा ठूलो सहयोग मिल्ने बताए । यसले उनको घाउ ड्रेसिङ गर्न सहयोग पुग्ने बताउनुभयो । सहयोगी संस्थाहरुलाई थापाले धन्यवाद समेत दिनुभयो ।
                 उपचारमा ठूलो रकम खर्च हुने भएकाले सहयोग गरिदिन अन्य संघसंस्था र व्यक्तिहरुलाई उहाँले आग्रह गर्नुभयो  । तनहुँको व्यास नगरपालिका ५ बेतेनीमा कार्तिक १२ गते ग १७ प ३४७२ नम्बरको मोटरसाइकलको टायरमा सल बेरिदा उनको बायाँ हात चुडिएको थियो । राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । श्रीमतीको हात जोडन नसकिने चिकित्सकहरुले जनाएको जानकारी उनले दिए । दुर्घटनाका बेला चुडिएको हातमा फोहोर र मोबिल टासिएकाले समयमै सही ड्रेसिङ हुन नसक्दा हात जोडन नमिल्ने भएको हो । रेणु थापालाई सहयोग गर्न चाहनेले हिमालय बैंक महाराजगंजमा रहेको होमबहादुर थापाको खाता नं. ००२००६१२०९००१६ वा  ९८४००१७१७१ नम्बरमा सम्पर्क गर्न सकिने उनको परिवारजनले जनाएको छ । दुर्घटना घाईते थापाको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ–२ को प्रतिनिधी सभा सदस्यका उम्मेदवार शंकर भण्डारीले हेलिकप्टर मगाएर तत्कालै उपचारको प्रबन्ध मिलाउनु भएको थियो । स्कुल अफ ड्रेमोकेसी थापाको उपचारको लागि ५ हजार मद्धत गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button