मानुङकोटमा पर्यटकको घुईचो

दमौली खबर संवाददाता
दमौली, कात्तिक १९ । तनहुँको पर्यटकीय स्थतल व्यास नगरपालिका–५ मानुङकोटमा  आन्तरिक पर्यटकको घुईचो लागेको छ । पर्यटकीय चहलपहल बढेपछि पर्यटन व्यवसायीहरुमा खुसी छाएको छ । विशेष गरी बिहानको सूर्योदय र कुहिरो हेर्न पर्यटकहरुको ओइरो पर्यटन व्यवसायीले बताएका छन् । दैनिक ४÷५ हजार मानिसहरु मानुङकोट घुम्न आउने गरेको वडा नं. ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले बताउनुभयो । हाल पर्यटकको घुईचो लागेकोले स्थानीय पर्यटन व्यावसायी उत्साहित भएको वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । । मानुङ डाँडा स्थित केही होटलहरु तथा होमस्टेमा क्याम्प फायर गरेर पर्यटकहरु आनन्द लिने गरेका छन ।
माउन्टेन भ्यू टावर होटलका संचालक चुडामणि दाहालले पर्यटकको भीड हुँदा होटलले थाम्न नसकेको जानकारी दिनुभयो । यतिबेला होटलहरु भरिभराउ हुन थालेपछि हामी उत्साहित भएका छौ उनले भने । उक्त ठाउँबाट दिउसोको समयमा समेत लामो रेन्जको हिमाल, लेकबेसी टार, हरियाली वनजंगल, नागबेली परेर बगेको मादी र सेती नदी, बुल्दी र सागे खोलाले उनीहरुको मन लोभिने गरेको बताइएको छ । मानुङ प्राविका प्रधानाध्यापक झुलबहादुर थापाले यतिबेला मानुङकोटमा पर्यटनको संख्या बढेको बताए । आवश्यक पूर्वाधारहरुको निर्माण हुननसक्दा उनीहरुलाई राख्न समस्या परेको बताउनुहुन्छ  ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button