तनहुँको विकासको निरन्तरताको लागि मेरो उम्मेदवारी होः नेता जोशी

दमौली खबर संवाददाता
दमौली, कात्तिक १९ । प्रतिनिधी सभा सदस्यमा तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवार बन्नु भएका नेता गोविन्दराज जोशीले तनहुँको विकास  निरन्तताको लागि उम्मेदवार बनेको बताउनुभएको छ । सो कुरा उम्मेदवार जोशीले शनिबार तनहुँको आँबुखैरेनी बजारमा आयोजित प्रथम चुनावी सभालाई सम्बोधन गर्दै बताउनु भएको हो ।
     बहुदलिय व्यवस्थाको पुर्नस्थापना पश्यात आफू मन्त्री भएको समयमा  विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, सञ्चार,  पुलपुलेसा, विद्युतिकरण र रोजगारीको क्षेत्रमा समेत देखिने गरेर परिवर्तन ल्याएको स्मरण गदै जोशीले आज ति संरचनाहरु विकासको गतिमा अघि बढ्नु भन्दा झन् जिर्ण र असुरक्षित भएकोले उम्मेदवार बन्नु परेको बताउनुभयो । २०१७ साल पश्चात दलबिहीन पञ्चायत व्यवस्थाको सुरु भएपछि पुनः बहुदलिय व्यवस्थाको स्थापनार्थ आफूले १० जना व्यक्तिलाई जम्मा गरेर नेपाली काँग्रेसको पुर्नगठन गरेको स्मरण गर्दै पछि पार्टी प्रवेश गरेको व्यक्तिबाट नै आफूलाई विभिन्न प्रकारका षडयन्त्र गरी झण्डै २० वर्ष देखि पार्टीबाट बाहिर पार्ने खेल गरिएकोले पनि आफूले बाध्य भएर  स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । ‘आफूलाई पछाडी पारिएता पनि जिल्लावासीको रोजगारी र विकासको समस्या समाधान भई विकास भएको भए आफू चुनाव लड्ने रहर हुँदैनथ्यो’ नेता जोशीले भन्नुभयो ।
आफू लामो समाय पछि ग्रामिण क्षेत्रमा घुम्ने क्रममा  थप विद्युतिकरण नभएर नारेश्वरको गेडाबालेर बालबालिकाहरु पढ्दै गरेको देख्नु पर्दा दुखित भएको नेता जोशीले बताउनुभयो । बहुदलिय व्यवस्थामाम पार्टीलाई बिचार र सिद्धान्तको आधारमा शुद्ध प्रतिस्पर्धा गरेर जनमतबाट अगाडी बढ्नु पर्नेमा सत्ताको लागि गठबन्धन गर्नु राष्ट्र र संविधान दुवैको हितमा नभएको नेता जोशीले बताउनुभयो । आँबुखैरेनीमा भएको सभाको पुर्व वडा अध्यक्ष सुनाराम गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ  बाल कुमारी लोहनी , वरिष्ठ अधिवक्ता परशुराम गिरी , स्वतन्त्र अभियान्ताहरु शुकुमलाल गुरुङ  ,  कमलभक्त पोख्रेल, सोल बहादुर  चितौरे  मगर लगातले बोल्नु भएको थियो । यस आबुखैरेनीको  मार्केचोकमा कोण सभा गरिएको थियो । सो सभाको अध्यक्षता  पुर्व वडाअध्यक्ष कटक बहादुर गुरुङको अध्यक्षतामा  भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button