प्रचण्डको अभिव्यक्ति प्रति परिषद्को आपत्ति

दमौली खबर संवाददाता
दमौली, असोज २ ।
 नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिव्यक्त गरेका धारणाप्रति विश्व हिन्दू परिषद नेपाल तनहुँ शाखाले आपत्ति जनाएको छ । शनिबार आफ्नै पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले राखेको धारणाको बिरोभ गरिएको हो । हिन्दू धर्मलाई आघात पुग्ने गरी अराजक धारणा व्यक्त गरेको भन्दै परिषदले आपत्ति गरेको छ ।
 तनहुँ शाखाका अध्यक्ष दुर्गाभक्त अधिकारीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा ‘हिन्दू धर्मलाई आघात पुग्ने गरी व्यक्त गरेको अराजक टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।  बहुसंख्यक जनताहरूको धार्मिक आस्था एवम् मनोभावनामाथि ठाडो प्रहार गर्दै अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवम् दुर्भाग्यपूर्ण रहेको छ ।’
 ‘हजारौं नेपालीको हत्या आरोपित माओवादी अध्यक्ष प्रचण्डले हरेक व्यक्तिमा बाहिर एउटा भित्र अर्कै कुरा हुने गरेको भन्दै सम्पूर्ण समाजको चरित्र माथि प्रश्नचिह्न लगाएका छन्,’ परिषद्द्वारा आईतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button