संविधान दिवस विविध कार्यक्रम गरि संविधान दिवस मनाउन सुरु

दमौली खबर संवाददाताद
तनहुँ, असोज २ गते । संविधान जारी भएको दिन असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा मुलुकभर भव्य रुपमा मनाउने निर्णय अनुसार तनहुँमा आजबाट संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । आगामी असोज २, ३ र ४ गतेसम्म गरी तीन दिन मनाउने निर्णय अनुरुप मनाउन थालिएको हो । आईतबार जिल्ला स्थित सबै सरकारी सार्वजानिक कार्यालय, धार्मिक सम्पदा स्थलहरुको सरसफाई  गरिएको छ । यसैगरी ३ र ४ गते । जिल्ला स्थित सबै सररकारी तथा सार्वजानिक निकायको कार्यालयहरु र सार्वजानिक महत्वका सम्भाव्य स्थलहरु दिप प्रज्ज्वल गर्ने तथा जिल्ला वासी आम नागरिकको घर घर साँझ दिपावली गरिने भएको छ ।
 असोज ३ गते संविधानको महत्वका विषयमा सन्देश तथा कार्यक्रम प्रशारण, प्रकाशन जिल्ला स्थित सबै सञ्चारमाध्यमले गर्ने, जिल्ला स्थित मठ मन्दिर, बुद्ध, विहार, मस्जिद, गुरुद्धार, चर्च लगायतका धार्मिक स्थलहरुमा संविधानको लागि जीवन उत्सग गर्ने ज्ञात अज्ञात सहिदहरुको आत्माको चिरशान्तिको कामना गर्दै पुजा पाठ र पार्थना गरिने भएको छ ।
आज बिहान ७ः ३० बजे जिल्ला प्रशासन कार्यालयको आयोजनामा दमौली स्थित अनसन चौतारीमा भेला भई संविधानको महत्व, आवश्यकता, एवं त्यसको कार्यान्वयनको समिक्षा झल्किने प्लेकार्ड सहित जिल्ला स्थित सबै सरकारी कार्यालय, राजनीतिक दल, सञ्चार माध्यमहरु एवं सरोकारहरुको उपस्थितीमा दमौली बजार परिक्रमा एवं प्रभात फेरी गर्ने कार्यक्रम तय भएको छ ।
यसैबीच आदिकवि भानुभक्त क्याम्पस कानुन विद्यार्थी समाज र व्यास नगरपालिका वडा नम्बर १, वडा कार्यसमितिको संयुक्त आयोजनामा सोमबार बिहान कार्यक्रम हुने भएको छ । ‘मेरो संविधान मेरो गौरव’ भन्ने विषयमा छलफल कार्यक्रमको आयोजना गरी सातौ संविधान दिवश मनाउने कार्यक्रम रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो ।  कार्यक्रम मगर समाज सुधार समितिको भवनको सभाकक्ष, व्यास – १, भादगाउँमा आयोजना हुने भएको छ । कार्यक्रममा व्यास १ स्थित टोल विकास संस्था, आमा समूह, युवा क्लब, शैक्षिक संघसंस्थाहरु र कानुन सम्बद्ध विद्यार्थी र क्याम्पसका प्राध्यापक कर्मचारीहरुको सहभागिता  रहनेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button